साहित्य
Search news by date:
From:
To:

10 record found

  • विद्यालयमा जडिबुटि जनचेतना शिक्षा कार्यक्रम

    शंकर के सी, रेडियो कपुरकोट, सल्यान । जिल्ला वनस्पति कार्यालय सल्यानले जिल्लाका विभिन्न विद्यालयमा जडिबुटि जनचेतना शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । आर्थीक विकासका लागी सरकारले प्राथमिकता क्रममा राखेका ३० प्रजातीका जडिबुटि मध्ये सल्यानमा मात्रै १८ प्रजातीका जडिबुटि खेती सजिलै गर्न सकिने भएकाले यसबारेमा जनचेतना फैलाउन कार्यालयले विद्यालयमा कार्यक्रम गरेको हो । अहिले सम्म शारदा उमावि शंखमुल र उच्च माध्यामिक विद्यालय…

  • सल्यानको साहित्य: एक चर्चा

    सल्यानको साहित्य: एक चर्चा

    पूर्ण भण्डारी ‘पङ्कज’ कुनै पनि लिखित साहित्यको विकास हुनुपूर्व लोक साहित्यले पृष्ठभूमिको काम गरेको हुन्छ । त्यसकै धरातलमा रहेर लिखित साहित्यका विभिन्न विधा, उपविधा जन्मन्छन् र फस्टाउने मौका पनि पाउँछन् । सल्यान जिल्लाका सन्दर्भमा पनि लिखित साहित्यको परम्परा सुरु हुनुका पछाडि यहाँको लोक साहित्यको विशेष भूमिका रहेको छ । यहाँको लोक साहित्यको विकास र सम्वद्र्धनका कारण लिखित साहित्यले उर्वर हुने मौका…

  • एक रात

    एक रात

    हिजोजस्तै आजपनि हर्के आफ्नो चश्मालाई नजिकदेखिनै नियाल्दै छ । आज पनि उसको चश्माको डाँडीछेउको काँटी फुस्केछ । साझको समय त्यसमा पनि वर्षाको रिमझिम पानी र गहु्रङगो कालो बादलले गर्दा नजिक पनि देख्न नसक्ने हर्केले साहुको भैँसी गोठमा हुल्न लैजाँदा सङ्घारमा ठोक्किएर चश्माको काँटी फुस्काएछ ।     ऊ आफै रिसको झोकमा फत्फताइरहेको छ , “यो ठाँडो चश्मा जत्ति कसेनी…

  • कवितामा महिला अधिकार

    दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज छैठौ दिन साहित्यीक कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । जेसीजको आयोजनामा महिला अधिकारसम्वन्धी कविता वाचन कार्यक्रम भएको हो । कार्यक्रममा करिब एक दर्जन साहित्यकारहरुले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा वाचीत कवितामा महिलाहरुले भोग्नुपरेको समस्यादेखी संविधानमा महिला अधिकारका विषयलाई समेटिएको थियो । कार्यक्रमा साहित्यकारहरु सुष्मा गिरी, विणा विसी, सुशीला पौडेल, पुष्पा…

  • कथा–लिफ्ट

    कथा–लिफ्ट

    पाण्डव शर्मा झमक्क साँझ परिसकेकाले मलाई गाउँ पुग्न हतार थियो । शुक्रवार आफ्नो साप्ताहिक विदा भकाले विहिवार पत्रिकाको काम सकेर करिव साढे ८ बजे म अफिसबाट हिडे । तुलसीपुर चोक पुग्दासम्म बाटोका पसल सबै जसो बन्द भइसकेका थिए । माघको पहिलो साता भएकाले मौसम निकै चिसो थियो । तुलसीपुरचोकमा पुग्दा दक्षिण तर्फको एउटा ढेव्ली भने खुला नै थियो । मोवाईलमा…

  • म धरहरा

    म धरहरा

    एक निमेषको कम्पमै ढली जाने
    म कमजोर,
    बुढो धरहरा !

    कुनै समय मैले
    कैयौ लाई बुई चढाएर हेराए पुरै काठमाण्डौ
    मेरो कमजोर काधमा टेकाएर जमिन देखाए
    कमिला जस्तै भुई -मान्छे
    नदी जस्तै सडक
    र बग्दै गरेका मोटरहरु

    सामुन्ने उभिएको टेलिकमको
    निलो सिसा भित्रको
    बलियो छड-सिमेन्टले
    मलाई चिथोर्थ्यो
    सिसिटिको

  • ई-लभ

    ई-लभ

    उनीसँग च्याट गर्न थालेको पनि पुग नपुग एक वर्ष भैसकेको थियो होला । उनले मलाई सिकाएकी थिइन् प्रेमको वास्तविक रुप । म प्रेमको मामिलामा आफूलाई नाबालक ठान्थें । चलचित्रहरूमा घटाइएका काल्पनिक कथावस्तु नै मैले प्रेम हो भन्ने बुझेको थिएँ तर वास्तवमा प्रेम फरक रहेछ । उनी अर्थात रोजा । मलाई उनले आफ्नो नाम रोजा भन्दै परिचय दिइन् । खासमा उनको नाम…

  • जागिर

    म एक निजी कम्पनीको कारिन्दा हुँ 
    यो शहरको थुप्रै 
    भोक र अभावको ईश्वर हो मेरो मालिक ।

    एकदिन मालिकसँग भनेँ —
    मालिक, तपाईँ मेरो भोकको ईश्वर हो 
    तपाईंकै वरदान हो यो जीवन
    यसपाली जन्मदिन धुमधामले मनाउँछु 
    कामबाट बिदा दिनुस्

    मालिकले भन्यो — 
    मेरो कृपाले तिमी धेरै वर्ष बाँच्छौ 
    यो पल्ट थुप्रै काम…

  • नयनराज पाण्डेको बहुप्रतिक्षित उपन्यास "सल्लीपिर" सार्बजनिक

    नयनराज पाण्डेको बहुप्रतिक्षित उपन्यास

    काठमाडौँः न त औपचारिक मञ्च, न त अतिथि, न त कुनै औपचारिक तामझाम । लेखक र पाठक सबैले एकै पटक ताली बजाए । सार्वजनिकीकरण समारोह सकियो ।  यो आख्यानकार नयनराज पाण्डेको नयाँ उपन्यास ‘सल्लीपिर’को विमोचन समारोहको हो । साहित्यकार श्यामल र उपन्यासकार पाण्डेले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरे।  सार्वजनिकीरण समारोह अन्य कार्यक्रमभन्दा सामान्य थियो तर एकाबिहानै नेपाल…

  • बाकस

     बाकस

    म सानो केटाकेटी,
    दंग परेथें त्यसदिन
    जुन दिन हाम्रो घरमा पनि आयो
    एउटा हेर्दै राम्रो बाकस
    भन्न मन लागेको थियो सबलाई
    ए सुन्यौ?? 

    हाम्रो घरमा नि आयो बाकस
    नपत्याएको तिमीहरूले ?
    सत्ते धरोधर्म बिद्यानाश
    साँच्चै हाम्रो घरमा नि आयो बाकस
    तिमीहरूले सानो कन्तूर भन्ठान्लाऊ फेरि
    अजंगको अनि लामो बाकस आयो
    सोच्थें अरूको घरमा आएको देख्दा,
    हाम्रो घरमा पनि आए हुन्थ्यो
    गाउँघरका बूढापाकाहरूको भीड
    हाम्रो आँगनमा पनि धाए हुन्थ्यो
    कुरा केही नबुझे पनि मलाई लाग्थ्यो
    आठ दश जनाले बोकेर ठूलो बाकस
    हाम्रो आँगनमा पनि ल्याए हुन्थ्यो
    सुनेथें, बाकसमा केशरीका बा आएका थिए रे
    अनि आएका थिए बेलाबेला
    करीमका बा, दोर्जेका बा र अस्कलालका बा
    म जन्मेकै साल पैसा कमाउन गएका मेरा बा
    मैले सुनेको तर देख्न नपाएको मेरा बा
    अरूका बा जस्तै चाँडै
    बाकसमा फर्केर आए हुन्थ्यो नि
    तर मलाई के थाहा
    बाकसमा सुतेर आउने बा
    फेरि कहिले नउठ्ने पो रैछन्

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka