साहित्य
Search news by date:
From:
To:

10 record found

  • सही मूल्यको खोजीमा पारिजात

    सही मूल्यको खोजीमा पारिजात

    पारिजातसित अभिन्न जस्तै भएर बितेका २९ वर्षको अवधिमा पारिजातका सम्बन्धमा मैले सँगालेका राम्रा, नराम्रा घटना र स्मृतिहरू अनगिन्ती छन् । पारिजात आजको निनु चापागाईंमा विद्यमान थोरै साहित्यिक र केही राजनीतिक जुन व्यक्तित्व छ त्यसलाई प्रोत्साहित गर्ने र उजिल्याउन सरसहयोग गर्ने हस्तीमध्ये एक हुनुहुन्थ्यो । राल्फामा सामेल हुने व्यक्तिहरूमध्ये स्रष्टाका रूपमा परिचय बनाउन बाँकी मलाई लेखनमा प्रवृत्त गराउन त्यतिखेर विशेषतः…

  • हजुरआमाको पोल्टो

    हजुरआमाको पोल्टो

    उहिले उहिले
    म स्कुलबाट घर फर्कनेबित्तिकै
    लपक्क म्वाई खानुहुन्थ्यो मेरी हजुरआमा
    र निकालेर दिनुहुन्थ्यो आफ्नो पोल्टोबाट
    रंगीचंगी खोल भएको एउटा चकलेट
    म बाख्राको सानो पाठो झै चुलबुले भईदिन्थे ।

    मलाई प्रष्ट याद छ
    मेरी हजुरआमाको पोल्टोमा
    कहिले हुन्थ्यो पोलेको आलु ।
    कहिले हुन्थ्यो भुटेको मकै ।
    र सँधै…

  • मेरो प्रेम कविता

    मेरो प्रेम कविता

    मेरो प्रेम कविता
    ओ प्रेमिका 
    मेरी प्रेमिका
    तिमीले नकल्पेका कल्पनाहरु, 
    म आफै कल्पिदै छु ।
    तिमीले नकथेका कथाहरु, 
    म आफै कथ्दैछु ।
    तिमीले नटेकाएका टेकोहरु,
     म आफै टेक्दैछु ।

    कति खुशी छन् तिमीलाई नबाँडेका
    कति रहरहरु छन् तिमीलाई नसुनाएका
    कति अत्यासहरु छन् तिमीलाई नपोखेका 
    सपना जति…

  • राप्ती साहित्य परिषद्ले स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गर्ने

    डिल्ली मल्ल दाङ । राप्ती साहित्य परिषद्ले यस वर्ष १७ जना स्रष्टाहरुलाई पुरस्कृत तथा ५ जनालाई सम्मान गर्ने भएको छ । परिषद्को प्रतिभा छनौट समितिको मंगलबार घोराहीमा बसेको बैठकले सम्मान तथा पुरस्कार प्रदान स्रष्टाहरु छनौट गरेको हो । जसअनुसार यस वर्षको राप्ती साहित्य पुरस्कार साहित्यकार नित्यानन्द शर्मालाई दिइने भएको छ भने राप्ती सिर्जना पुरस्कार सल्यानका स्रष्टा गणेशमान सिंहको यो देश र म…

  • म अर्थात भैरे

    म अर्थात भैरे

    म अर्थात भैरे, 
    खलंगाको टुडिखेलको डिलमा उभिएर
    नियालि रहेछु गाँउ वस्तिहरू
    पर पर क्षितीजसम्मै 
    र स्मरण गर्दैछु कठोर विगत, 
    अनुभूत गर्दैछु अभावग्रस्त वर्तमान
    अपेक्षासंगै सुन्दर भविष्यको 
    सुख्खा वस्ती जस्तै उजाड मन लिएर ।
    खडेरीले सुख्खा र बाँझो वारीमा
    ङिच्च हासी रहेछन सुकेका मकैका डाँठहरू
    न वारीमा खेती छ, न अनाज…

  • फुटलुज माइग्रेसन ले रन्थनिएका गाउँको कथा

    फुटलुज माइग्रेसन ले रन्थनिएका गाउँको कथा

     स्मिता मगर, झुम्लावाङ, रुकुम । कहिल्यै नरोकिएलाझैं परेको झरीले मेरी आमालाई बल्ल-बल्ल सातादेखि चलिरहेको मकै गोडमेल केही छिन् रोकेर ओखर फोर्ने मौका मिलाइदियो । असार मसान्तमा धुमधामका साथ मनाइने राँके पर्वको लागि ओखर-घाँजीबाट तेल पेलेर चिल्ले रोटी बनाउनु थियो उनलाई । सत्तरी हाराहारीकी आमाले ट्वाक्क-ट्वाक्क ओखर फोरेको देख्दा रहर र कहर दुवै भावनाले प्रोत्साहित भएका मेरा बुढी र चोर औंलामा…

  • मदानीमा भोलि कवयत्री विना तामाङ आउँदै

    सल्यान अनलाईन दाङ । मदानी साहित्य समूह नेपालमा भोलि विना तामाङ सुनगाभा र उहाँको ‘रातोघर’ चर्चा गरिने भएको छ । समकालिन नेपाली कविता लेखनको क्षेत्रमा चर्चित हस्ताक्षर सुनगाभाको रातोघरको चर्चाका साथै उहाँको एकल रचना बाचन पनि हुने मदानीले जनाएको छ । 
    केन्द्र र जिल्लास्तरका विभिन्न साहित्यकारहरुका कृतिको चर्चा गर्दै आएको मदानीले भोलि राजधानीमा रहेर कविता लेखनीमा सक्रिय सुनगाभाको ‘रातोघर’ कविता संग्रहको चर्चा…

  • लेनिनको पत्र कमरेड किरणलाई

    लेनिनको पत्र कमरेड किरणलाई

    कमरेड किरण !
    रुसमा बाग्मती थिएन
    भोल्गा थियो
    भोल्गामा पानी थियो
    पानीमा माछा थिए
    के तपाईंलाई माछा मन पर्छ ?
    माफ गर्नुहोला कमरेड किरण !

    पठाउन सकिन यतिखेर आलो माछा
    अक्टोबरका सिद्रा पठाएको छु
    (सुनेको छु– नेपालमा जाडो बढेको छ )
    चखाउनुहोला सिद्राको तातो सुप कमरेड प्रचण्डलाई पनि ।

    ("म काठमाडौं…

  • सेक्सन "सी"

    सेक्सन

    प्रशासन शाखाका सरले बिहानको पारिलो घाममै मेरो शिरमा चट्याङ हाने– जब उनले नाम सोझै सेक्सन ‘सी’को रजिस्टरमा लगेर लेखे, “लेनिन बञ्जाडे, रोल नम्बर ४६ ।”

    वरपर झुम्मिएका ‘बी’ सेक्सनधारी (साथी)हरूको अगाडि मरेझैं भएँ ।

    सेक्सन ‘सी’–– यानेकि सीमान्तकृत !

    बोर्डिङ छाड्नुअघि र पद्मोदय पब्लिकमा पढ्न जानुअघि मेरो एउटै सर्त थियो, “कि ‘ए’, कि ‘बी’ सेक्सन नभए पढ्दिनँ । बरु खलासी…

  • फेरि सीमानामा उभिएर

    फेरि सीमानामा उभिएर

    देश हराएकै दिन
    निस्किएका बदभद्र
    भूमिगत भएसँगै 
    लुटिदैछन् सुस्ताहरु ।

    बिसेको सिंयोले आर्जेको मुलुक
    टिष्टा, काँगडा, मर्चवार भरी फैलिएपछि
    सूर्य नअस्ताउने साम्राज्यको
    कालो छाँया हामीमाथि परेसँगै
    उज्यालो ल्याउन बालिएको झर्को दन्किदा
    सूर्य नअस्ताउने साम्राज्य डढेकै दिन
    सुरु भएको शितयुद्धले
    आमाको छाती खुम्च्याएपछि
    दिक्दारिएका बदभद्र भूमिगत बसेसँगै

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka