दार्मागाउँपालिका जनता को घरदैलोमा

सल्यान अनलाइन, पौष ०२, २०७५


दार्मागाउँपालिका जनता को घरदैलोमा

राम प्रसाद शर्मा/ सल्यान  दार्मागाउँपालिकाले जनताको घरदैलोमा पुगेर आफ्नाको कामका वारेमा जानकारी लिएर समिक्षा गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरे को  छ । स्थानीय तहले   सञ्चालन गरे का काम, जनप्रतिनिधिले  जनतासंग गनेर्  व्यवहार र गाउपालिकाले  गरे का कामका बारे मा वस् ती स् तरमै  पुगे र जनताका गुनासा सुन्ने  उद्दे श्यले  अभियान सञ्चालन गरेको दार्मागाउँपािलकाले जनाएको छ । 
सेवा ग्राहीवाट सुझाव,आलोचना मात्र होईन गाउँपालिकाले विभिन्न शाखा मार्फत दिईने सेवा पनि अभियानका क्रममा गाउँमै दिने गरेको छ । कृषि,पशु, स्वास्थ्य, महिलावालवालिका लगायत विभिन्न सिफारिस पनि दिने गरेको छ । गाउँमै विभिन्न जानकारी सहित सेवा पाए पछि स्थानीय पनि खुसी भएको वताएका छन् । जनताको घरदैलोमा स्थानीय सरकारले आफ्ना कामवारे वुझ्ने कार्यक्रम सञ्चालन गर्नु सह्रानिय काम भएको दार्मागाउँपालिका ४ का  मानसिह विकले भन्नुभयो  आफ्ना गाउँ टोलको आवश्यकता र गाउँपालिकाको योजनाका वारेमा जनतप्रतिनीधिसंग जिज्ञासा राख्न पाईयो ।
  घर–घरमै  आएर से वा दिएको मा आफूहरु धे रै  खुशी भएको  दार्मा गाउपालिका वडा नं. ५ की चित्रा खड्काले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘आफूलाई बुढे सकाल लाग्यो , हिडडुल गर्न सक्दै न । यसरी गाउपालिका वडापालिकाले  घरमै  आएर से वा दिएको मा खुशी लागे को  छ ।’
जनताका जायज र सकारात्मक आलोचनलाई सुन्न गाउँ टोलमा स्थानीय सरकार आउदा खुसी भएको सूर्योदय मावि गोठिवनका शिक्षक डिल्लीरावतले स्था नीय सरकारले पारदर्शिता , जवाफदेहीता र जनउत्तरदायित्व निर्वाह गरेको वताउनु भयो ।  
यहाँका ६ वटै वडाका विभिन्न वस्तीको पाएक पर्ने स्थानमा सेवाग्राहीलाई जम्मा गरी  एक वर्षको विचमा भएका गरेका काम वारे जनताको राय सुझाव लिई रहेको दार्मा गाउपालिका सल्यानका अध्यक्ष नीमबहादुर के सीले  वताउनु भयो ।उहाले भन्नुभयो - जनता जाउँ, जनताबाट सिक र जनतालाई देउ भन्ने मायतालाई आत्मा साथ गरी गाउँ टोल र वस्तिमा पुगेको छौ ।
टोलवस्तीमा पुग्दा चालु आर्थिक वर्षमा सुधार गर्नु पर्ने काम र आगामी योजना निर्माणका लागि सुझाव आएका छन केसीले भन्नु भयो कार्यपालिकाको वैठक वसि समिक्षा गरेर राम्रा कामलाई निरन्तरता सुधार गर्नु पर्ने सुधारेर अघि वढ्छौ ।  
जनताले श्रम,उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर विकास गर्न सुझाव दिएका छन् । शिक्षा स्वास्थ्य, खानेपानी , सडक जस्ता विषयलाई धेरै उठाएका छन् जुन गाउँपालिकाले प्राथमिकतामा राखी काम गरिरहेको छ  केसीले भन्नुभयो गाउँपालिका वाट पारित निती कार्यक्रम गाउँ वस्ती र हरेक ब्यक्ति कहाँ पुरयाई रहेको छौ ।
गाउँ टोलमा पुग्दा दार्मा गाउ“पालिकाका र वडा कार्यालयबाट दिइने  से वा सुविधा घरघरमै  दिने गरिएको छ । ‘गाउपालिकाअन्तर्गत कृषि, पशु र स् वास् थ्य कार्यालयले  आप्mनो  से वा दिएका गाउँपालिका उपाध्यक्ष टिक शर्मावलीले  भन्नुभयो – ‘कृषिले  घर–घरमै  पुगे र तरकारीको  बिउ, गहुको  बिउ, वडा कार्यालयबाट दिइने  सिफारिस घरबाटै  दिएको  छ ।’

गाउँमा पुग्दा कर्मचारी र जनप्रतिनीधि प्रतिको जनताको वुझाई अहिले सम्म भैरहेको सेवा प्रवाह वारे सेवाग्राहीले खुलेर राम्रा कामको प्रसंशा र आलोचनाले आफुहरुलाई  सकारात्मक उर्जा मिलेको गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत वसुन्धरा पुनले वताउनु भयो । उहाले भन्नुभयो  स्थानीय सरकारलाई जनता संग जोड्न कार्यक्रम प्रभावकारि देखिएको छ ।




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

स्थानीय सामाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka