विकास निमार्णमा लक्षित वर्गको अर्थपूर्ण सहभागितामा जोड

सल्यान अनलाइन, आषढ ०५, २०७६

विकास निमार्णमा लक्षित वर्गको अर्थपूर्ण सहभागितामा जोड

असार ५, सल्यान । सल्यान खलंगामा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले विकास निमार्णमा सबैको अर्थपूर्ण सहभागिता गराउन जोड दिएका छन् । 
विकासको पहुँचबाट टाढा रहेका वर्ग र क्षेत्रलाई केन्द्रित गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन वक्ताहरुले जोड दिएका छन् । 
रेडियो शारदा एफ एमले शारदा नगरपालिकामा आयोजना गरेको आगामी आर्थिक वर्षमा शारदा नगरपालिकाले अवलम्बन गर्ने नीति तथा कार्यक्रम र बजेट कस्तो हुनु पर्ला विषयक विकास चौतारी कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । 


विकास निमार्ण गर्दा प्रत्यक्ष जनताले अनुभुति गर्ने खालका योजना निमार्ण गरी अघि बढ्न सुझाव दिएका छन् । टुक्रे योजना भन्दा शारदा नगरपालिकाले समस्याको पहिचान गरी योजना बनाई अघि बढे उक्त बजेटले सार्थकता पाउने बताए । 
शिक्षा, पर्यटन, स्वास्थ्य, रोजगार, खेलकुद, अपांगताका क्षेत्रमा नीति तथा कार्यक्रम बनाई कार्यन्वयनमा जान आग्रह गरे । 
कार्यक्रममा बोल्दै नगरप्रमुख सुरेश अधिकारीले नगरपालिकाले विकास गरे नगरेको निक्यौल तीन वर्षपछि हुने निर्वाचनले निर्धारण गर्ने बताए । जनताको मतको कदर गर्दै पुर्वाधार विकास देखि सामाजिक विकासलाई जोड दिदै आइरहेको बताए । सहभागिहरुले दिएको सल्लाह सुझावलाई आउदो नीति कार्यक्रम तथा बजेटमा समावेस गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । 

 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

स्थानीय सामाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka