विपद व्यवस्थापन सम्बन्धि सचेतना मुलक कार्यक्रम

सल्यान अनलाइन, बैशाख २६, २०७६

विपद व्यवस्थापन सम्बन्धि सचेतना मुलक कार्यक्रम

इन्द्र बुढाथोकी , सल्यान २६ सल्लीबजार । 
विपद आइहाले त्यसबारे कसरी सुरक्षित हुन सकिन्छ  भने बारे बिहिवार बन्गाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा विपद् सम्बन्धी प्रर्दशनी गरिएको छ ।  ।  सशस्त्र प्रहरी गुल्मले विपदको समयमा कसरी सजक र सचेत रहन सकिन्छ भने बारे आज सल्लीबजारमा कार्यक्रम सन्चालन गरेको हो । प्राकृतिक विपदबाट कसरी बच्न सकिन्छ भनी जिल्ला भरी विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । स्थानीय नागरिक, व्यापारी सङ्ग  प्राकृतिक विपदको समयमा कसरी बच्न सकिन्छ सम्भावित घटना हुन नदिन के गर्ने सकिन्छ भनी सशस्त्र प्रहरी प्रमुख डिएसपी बिमल डाङ्गिले जानकारी दिनु भएको थियो । 
उहाँले बिपद अन्तर्गत डढेलो नियन्त्रण, आगलागी, पहिरो, चट्याङ, ग्यास बाट हुन सक्ने सम्भावित क्षतिबाट कसरी बच्ने भन्ने बिषयमा स्थानीयलाई  डिएसपी डाङ्गिले जानकारी दिएका थिए । 
 
कार्यक्रम नगरपालिका प्रमुख गोविन्द कुमार पुन, प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री, ५ वडा अध्यक्ष कमल बिक १ न वडा अध्यक्ष शान्त कुमार यरि, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिब शिब डाँगी, पत्रकार विप्लव महर्जन, मिना बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka