सल्यानमा आगलागी हुँदा ९ घर जलेर नष्ट

सल्यान अनलाइन, बैशाख २७, २०७६

सल्यानमा आगलागी हुँदा ९ घर जलेर नष्ट

वैशाख २७, सल्यान  । सामुदायिक वनमा लागेको आगोमा आएको छ । वनमा लागेको आगो बस्तीमा आउदा ९ घर जलेर नष्ट भएका छन् । छत्रेश्वरी गाउँपालिका वडा न ६ रामकाँडा ८ घर र कपुरकोट गाउँपालिको मुलपानीमा एक घर पूर्ण रुपमा जलेका छन् । 
इन्द्रेणाी सामुदायिक वनमा लागेको आगो दिउसो २ बजेतिर बस्तीमा पसेको सामुदायिक वनका अध्यक्ष राम बहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार स्थानीय जीत बहादुर रानाका दुई घर, ओम बहादुर रानाका दुई घर , टुल्क बहादुर रानाका दुई घर गौरीलाल राना र पदम बहादुर रानाका एक एक घर जलेर नष्ट भएका छन् । 
 आगलागीबाट मानविय क्षति नभएपनि घर भित्र रहेको अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको ६ न वडा अध्यक्ष चुडामणी दसौदीले बताए । अन्य घरहरु सुरक्षित भएपनि हावा वेगले चलेका कारण नियन्त्रणमा लिन समस्या भएको उनको भनाई छ ।
यस्तै कपुरकोट गाउँपालिकाको मुलपानीमा एक घर जलेर नष्ट भएको छ । 
आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय लागि परेको शसस्त्र प्रहरी गुल्म सल्यानका प्रमुख विमल डाँगीले जानकारी दिए ।  


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka