आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु , एक घाइते

सल्यान अनलाइन, बैशाख २८, २०७६

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु , एक घाइते

वैशाख २८, सल्यान । सल्यानमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको ज्यान गएको छ । 
 जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न ६ सिमपानीमा लागेको आगो निभाउने क्रममा शोही ठाउँ निवासी ५५ वर्षिया पेन्टि बोहराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । वनमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उनको मृत्यु भएको प्रहरी बताएको छ । 
आगोमा परी शोही ठाउँका ४४ वर्षिय खगेन्द्र बोहरा घाइते भएको र उनको जिल्ला अस्पताल सल्यानमा उपचार भई रहेको छ । सिमपानी बस्ती जंगलको बिचमा भएको र उक्त बस्ती आगोको उच्च जोखिममा रहेको छत्रेश्वरी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष चुडामणि दसौदीले जानकारी दिए । भीषण आगलागि भएकाले नियन्त्रण गर्न निकै समस्या भएको बताएको छ । 
आगो नियन्त्रण गर्न नेपाली, सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय लागि परेका छन् । 

 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka