भीरबाट लडेर एक जनाको मृत्यु

सल्यान अनलाइन, बैशाख २८, २०७६

भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु 
वैशाख २८, सल्यान । सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु एको छ । जिल्लाको शारदा नगरपालिका वडा न ९ दुवेरी पुनटोलका अन्दाजी ६३ वर्षिय गोर्वधन पुनको काफलखोली सामुदायिक वनको भीरबाट लडेर मृत्यु भएको हो । 
वैशाख २४ गतेदेखि वेपत्ता भएका पुन शुक्रबार बेलुका  मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक (इन्सपेक्टर) पञ्चलाल गोलेले जानकारी दिए । काफलखोली सामुदायिक वनमा लागेको आगोबाट बच्न भाग्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने गोलेको भनाई छ । उनको शरिरको अधिकांस भाग जलेकाले आगोबाट भाग्नेक्रममा लडेर मृत्यु भएको हुन सक्न अनुमान गरिएको छ । उनको शव तीन सय मिटर तल फेला परेको थियो । 
जिल्लाका अधिकासं सामुदायिक वनहरुमा भिषण आगलागी भईरहेको छ । आगलागीबाट अहिलेसम्म एक जनाको ज्यान गई सकेको छ भने दर्जन बढि घरगोठ जलेका छन् ।

 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka