त्रिवेगाउँपालिका सार्वजनिक सुनुवाई सञ्चालन गर्दे

सल्यान अनलाइन, बैशाख ३०, २०७६


त्रिवेणी गाउँपालिका सल्यानले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०७५⁄०७६मा सञ्चालित  योजना कार्यक्रम र नीति कार्यक्रम आदि वारेमा गाउँवस्तिमा पुगेर  सार्वजनिक सुनुवाई गरिरहेको छ ।  गाउँपालिकामा भित्र ६ वडाका पाएक पर्ने स्थानमा  सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत योजना आयोजनाको  प्रभावकारीता, प्रवाह भएका सेवा,गुणस्तरियता समुदायको सुझाव,सल्लाह वुझन गाउँ गाउँमा पुगेको गाउँपालिका अध्यक्ष मानवहादुर डाँगीले वताउनुभयो ।
यसै विच कारागिठीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको  छ । कारागिठीमा सम्पन्न कार्यक्रममा सहभागिहरुले गाउँमा खानेपानीको समस्या भएको , सडक यातायातको स्तरोन्ती गर्न गाउँपालिकालाई  आग्रह गरेका छन् ।  उनिहरुले कृषिक्षेत्रमा प्रयाप्त  वजेट विनियोजन गरी  गाउँमै रोजगारीको सृजन ागर्न  माग गरेका हुन । त्रिवेणी गाउँपालिका वडा नम्वर २ का पुस्कर ववालले खेतीयोग्य जमिनमा सिचाईको ब्यवस्था गरी उत्पादन वढाउने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।  उहाले भन्नुभयो कृषि क्षेत्रमा गाउँपालिको वजेट न्यून देखिएको छ ।
    जनताको करवाट उठेको रकमले कर्मचारी र जनप्रतीनिधीलाई  सेवा सुविधा राज्यले उपलब्ध गराएकोले अधिकतम जनताको सेवा स्थानीय तहले साधन स्रोतलाई उपयोग गर्न ध्यान दिनु  पर्ने स्थानीइ.य पदमवहादुर वुढाथोकीले वताउनुभयो । उहाँले भन्नुभयो  धेरै भन्दा धेरैे समयमा जनताको सेवामा लगाऔ ।
गाउँमा  वालविवाह न्यूुनिकरण, स्वास्थ्य र सरसफाई कृयाकलापलाई  जोड दिएर जनचेतना जगाउने किसिमका कार्यक्रम ल्याउन कारागिठीकी टिका पुनले वताउनुभयो ।  उहाले भन्नुभयो सवैले कुरा वुझने कार्यक्रम  ल्याउनु पर्दछ ।

विकासमा जनसभागिता आवश्यक छ ः डाँगी
 त्रिवेणीगाउँपालिका अध्यक्ष  मानवहादुर डाँगीले  जनताको हितलाई ध्यानमा राखेर आफुरु कृयाशिल भएपनि सोचेजस्तो कामले गति लिन नसकेको वताउनुभयो । उहाले भन्नु भयो  जनताका धेरै भन्दा धेरै  माग पुरा गर्ने इच्छा भएपनि साधन स्रोतको कमीले  थोरै मात्र पुरा भएको छ । 
 विकासमा जनताको सहभागिता नभए सम्म दिगो विकास नहुने भएकाले गाउँपालिकाले अघि सारेका नीति कार्यक्रम, गाउँ घरमा  आएका योजना आयोजनाको निगरानी गरेर सहयोग गर्न समेत सहभागिहरुले डाँगीले आग्रह गर्नु भयो ।

त्रिवेणी गाउँपालिकका उपाध्यक्ष करुणा खड्काले  गाउँमा आएका योजना आयोजना सहि किसिमले सम्पन्न गर्न सवै समुदाय चनाखो वन्नु पर्ने वताउनुभयो । उहाले भन्नुभयो  काम गर्दा भएका कमजोरी सच्याएर अघि वढ्छौ ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेमन्तवहादुर डाँगीले  चालु  आर्थिक वर्षमा गाउँ सभावाट पारित योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको वताउनुभयो ।उहाले भन्नुभयो यो वर्ष सवै योजना सम्पन्न गछौ ।
 २ नम्वर वडाका अध्यक्ष मेगराज रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठ,  वडा सचिव लोकवहादुर राम्जा लगायतको उपस्थिति रहेको थियो । यस अघि १ नम्वर वडाको काभ्रा रामवजारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको  थियो ।


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka