आगो नियन्त्रणका क्रममा घाइते बोहराको मृत्यु

सल्यान अनलाइन, बैशाख ३१, २०७६

आगो नियन्त्रणका क्रममा घाइते बोहराको मृत्यु

वैशाख ३१, सल्यान  । सल्यानमा आगलागीमा परि घाइते भएका एकजनाको ज्यान गएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाँडाका ४७ बर्षिय खगेन्द्र बोहराको उपचारको क्रममा ज्यान गएको हो ।
२८शनिवार इन्द्रेणी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा घाइते भएका उनको उपचारको क्रममा काठमान्डौको किर्तिपुर अस्पताल किर्तिपुरमा मंगलबार  बिहान ५ बजे ज्यान गएको वडा अध्यक्ष चुडामणी दसौदीले बताएका छन ।
आगलागीमा परि शरिर जलेर घाइते भएका बोहरालाई सल्यान अस्पताल सल्यानमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि शनिवार नै काठमान्डौ लगिएको थियो । 
उनको सब काठमान्डौबाट घरमा ल्याउने तैयारी भैरहेको वडा अध्यक्ष दसौदीले बताएका छन ।
आगलागीमा परि शनिवार पुन्टी बोहराको ज्यान गएको थियो । यो सगै आगलागीमा परि ज्यान गुमाउनेको सख्ंया एक पुगेको छ ।

 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka