सामुदायिक वनमा आगो लगाउने रंगेहात समातिए

सल्यान अनलाइन, बैशाख ३१, २०७६

सामुदायिक वनमा आगो लगाउने रंगेहात समातिए

बैशाख ३१, २०७६ सल्यान : सामुदायिक वनमा आगो लगाउँदै गरेको अबस्थामा सल्यानमा एकजना पक्राउ परेका छन् ।  शारदा नगरपालिका–२ स्थित आमा चौतारी नजिक वनमा आगो लगाइरहेका एकजनालाई सशस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो । 

वडा नम्बर २ का ५९ वर्षीय तीर्थबहादुर खाडलाई आगो लगाउँदै गरेको अस्थामा वनबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल सल्यानका प्रहरी प्रमुख बिमल डाँगीले बताए । खाँडले लगाएको आगो नियन्त्रणमा लिइएको छ ।  आगो लगाउने खाँडलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सल्यानमा बुझाइएको छ।

वन जंगलमा आगो लगाउने कसैलाई पनि नछाड्ने उनले बताएका छन ।  जिल्लाका विभिन्न सामुदायिक वनहरुमा डढेलो लागिरहेको छ । डढेलोका कारण अहिलेसम्म दुई  जनाको मृत्यु भइसकेको छ।  डढेलोबाट दर्जन बढी घरगोठ खरानी भएका छन् । आगो लगाउनेलाई कारबाही हुने उनले बताए ।


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka