मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघले भोलि प्रदर्शन गर्ने

सल्यान अनलाइन, जेठ ०२, २०७६

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघले भोलि प्रदर्शन गर्ने

काठमाण्डौ । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दोलित नेपाल पत्रकार महासंघले भोलि संसद् भवन बाहिर र जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने भएको छ । सरकारले ल्याएको विधेयकका प्रावधानले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघले निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो । पहिलो चरणको आन्दोलनका क्रममा भोलि दिउँसो १२ बजे काठमाडौंमा संसद भवन बाहिर र जिल्लामा सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको महासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । पहिलो चरणको आन्दोलन सुरु भएको एक सातासम्म पनि सम्बन्धित पक्षले मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको विज्ञप्तिमा उल्लेख छ ।
 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka