प्रधानमन्त्री रोजगार कार्यक्रमः जेठ १५ बाट बेरोजगार युवालाई काममा लगाईने 

सल्यान अनलाइन, जेठ ०२, २०७६


काठमाण्डौ । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत यस वर्ष १ लाख भन्दा बिढ युवालाई जेठ १५ गतेबाट रोजगारी दिइने भएको छ । ३ महिना अघि घोषणा गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वेरोजगारहरुले आवेदन भरिसकेका छन् । ७ सय ५३ वटै स्थानीय तहले आवेदन संकलन पछि अद्यावधिक गर्ने काम भइरहेको हुनाले जेठ १५ बाट मात्रै उनीहरुलाई काममा लगाईने सरकारले तयारी गरेको छ । सय दिनको काम दिने र काम दिन नसके निर्वाहमुखि भत्ता दिनेगरि ल्याइएको कार्यक्रम यस वर्ष भने ३० दिनमा सिमित हुने भएको छ । सरकारले यसका लागि २ अर्ब ३६ करोड बजेटपनि विनियोजन गरिसकेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम व्यवस्थापन शाखा प्रमुख डा.लोकनाथ भुषालले एउटा गाउँपालिका वा नगरपालिकामा धेरैमा ३ सय ५० र कममा एक सय जनाले रोजगारी पाउने जानकारी दिनुभयो ।  उहाँले आवेदन दिँदा जतिले दिएपनि त्यसमध्येका वास्तविक बेरोजगार जो कुनैपनि रोजगारीमा संलग्न छैनन् वा जसको घरमा कोहि रोजगारीमा छैनन् त्यसको पहिचान गरेर मात्रै काम दिइने छ । विशेषगरी सार्वजनिक विकासका काममा रोजगारी दिने हुँदा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिक नै रोजगारी पाउने युवाले पाउने उहाँले जानकारी दिनुभयो ।
 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka