त्रिवेणाी गाउँपालिकाको स्थानीय पाठ्यक्रम

सल्यान अनलाइन, जेठ १९, २०७६

त्रिवेणाी गाउँपालिकाको स्थानीय पाठ्यक्रम

जेठ १९ सल्यान । सल्यानको त्रिवेणाी गाउँपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यपुस्तक निमार्ण गरी पठ्न पाठन सुरु गरेको छ । मेरो त्रिवेणी नामक स्थानीय पाठ्यक्रम निमार्ण गरी  सञ्चालनमा ल्याएको  हो । आइतबार मेरो त्रिवेणी नामक स्थानीय पाठ्यपुस्तकको विमोचन गर्दै गाउँपालिकाका भित्रका सम्पूर्ण विद्यालयमा पठन पाठन सुरु भएको जानकारी दिएको हो । 
पाठ्यक्रममा मौलिक संस्कृति, खेतीपाती,स ंस्कार, स्थानीय तह, लेखापढीस्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटिएको  गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । उनले भने ‘स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्राय र गाउँपालिकाको समग्र जनजीवनका बारेमा  अवगत गराउन पाठ्यक्रम निमार्ण गरिएको हो ।’ 
आधारभुत तह (१–५)का विद्यार्थीहरुलाई आफु जन्मेको बसेको परिवेशबारे जानकारी मात्र नदिई स्थानीय तहका सांस्कृतिक ऐतिहासिक र आर्थिक विशेषतासमेतको जर्गेना गर्ने लक्ष्य राखिएको डाँगीले बताए । 
पाठ्यक्रम अनुसार अर्को शैक्षिक सत्रदेखि पाठ्यपुस्तक निमार्ण गरी पठन् पाठन गराइने शिक्षा शाखा प्रमुख दामोदर शर्माले बताए । उनले भने यो वर्ष जिल्लामै पहिलो पटक आधारभुत तहमा पाठ्यक्रम निमार्ण गरेका छौं । अर्को शैक्षिक सत्रदेखि पाठ्यपुस्तक निमार्ण गछौं । 
त्रिवेणी गाउँपालिका भित्र रहेका २९ सामुदायिक विद्यालय र ७ निजि विद्यालयमा मेरो त्रिवेणी नामक पुस्तक अध्ययन अध्यापनमा आएको शर्माको भनाई रहेको छ । आधारभुत तहको पाठ्यक्रम निमार्ण गरी स्थानीय लोककला  सस्कृतितर्फ विद्यार्थीहरुलाई अभिरुची बढाउने लक्ष्य राखिएको उनले बताए । 

 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka