निःशुल्क शिविरमा ६ सय ४ भन्दा बढिको आँखा उपचार

सल्यान अनलाइन, जेठ १९, २०७६

निःशुल्क शिविरमा ६ सय ४ भन्दा बढिको आँखा उपचार

जेठ १९, सल्यान निःशुल्कआँखाको जाँच,चश्मा र अप्रेशन सेवा पाएपछि सल्यानकपुरकोट गाउँपालिकाकाविरामीखुशिभएका छन् । गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योती संघ, राप्तीआँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोगमाशनिबार सञ्चालनभएको शिविरमा सेवापाएकाहरु खुसि देखिएकाहुन् । निःशुल्कचश्मापाएपश्चातकपुरकोट ५ खालीनिवासि ६९ वर्षिय बहादुर ओलीले आफ्नै ठाउँमा उपचार पाउँदा स्थानिय सरकार आफुहरुसंग रहेको महसुस भएको बताए  । उनले भने, ‘गाउँपालिकाले हाम्रै ठाउँमा शिविर राखेर धेरै सुविधाथपिदियो, मेरो आँखाजाँचगर्दा चश्मालगाउनुपर्ने देखियो र चश्मापनिनिःशुल्कपाइयो ।’
विपन्नजनताहरुको स्वास्थ्यअवस्थालाई मध्यनजर गरी स्वास्थ्यशिविर संचालनगरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा६ सय ४ भन्दा बढिले लाभप्राप्त गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारीदिए । दृश्टीविहिनको आँखाको ज्योतीफर्काउने उद्देश्यअनुरुप संचालनगरिएको शिविरमा ६६ जना बढि मोतीविन्दुको समस्याबाट ग्रस्त भएकाविरामी भेटिएको राप्तीआँखा अस्पतालका नेत्र सहायक रोहित कडायतले बताए । उनकाअनुसार शिविरमाआँखामामासु पलाएको, आँखापाक्ने, दृष्टी दोष जस्ता समस्याभएकाविरामीहरु आएकाथिए । 
मोतिविन्दुको अप्रेशनगर्नुपर्ने विरामीको अप्रेशनखर्च गाउँपालिकाले नै ब्यहोरेको थियो । उनीहरुलाईअप्रेशनकालागीआँखा अस्पतालसम्म पुर्याउनकालागीगाउँपालिकाले एउटा एम्बुलेन्स सहितदुई वटा गाडीको ब्यवस्था गरेको थियो । आर्थिक अभावकाकारण लामो समयदेखि आँखाको रोग बल्झाएर बसेकाहरु निःशुल्कशिविरबाट बढी मात्रामालाभान्वितबनेका छन् ।

 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka