वनगाड कुपिण्डे नगरपालिका प्रथम मेयर कप भलिवल  सुरु

सल्यान अनलाइन, जेठ २१, २०७६

वनगाड कुपिण्डे नगरपालिका प्रथम मेयर कप भलिवल  सुरु

वनगाड नगरपालिका स्तरिय प्रथम मेयर कप भलिवल  वनगाड कुपिण्डे नगरपालिका सल्लीवजारमा सुरु भएको छ ।  उद्घाटन कार्यक्रममा नगरप्रमुख गोविन्द पुनले नगरपालिकाको विकासको लागि सधै क्रियाशिल रहने  वताउनुभयो । उहाले भन्नुभयो नगरपालिकाको विकास निर्माण कार्यमा सवैको सहयोग आवश्यक छ । एक्लै गरेर केही हुदै  सामुहिक एकतामा नगरपालिकाको विकास गरौ ।
कार्यक्रममा बागचौर नगरपालिका मेयर बुढाथोकी ,दार्मा गाउपालिका अध्यक्ष निमबहादुर केसि ,कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढा ,नेकपा सल्यान जिल्ला सदस्य कृतिबहादुर राना, नेपाली काङ्ग्रेस नगर सयोजक टोपबहादुर भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।
भलिबल खेलमा क्रमश पहिलो, दोश्रो, तेस्रो हुनेलाइ भलिबल खेलाडी महिला पुरुष दुबैलाइ ५० हजार, ३० हजार, २० हजार र उत्कृष्ट खेलाडी महिला, पुरुषलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक वडाबाट आएका झाकिहरुलाइ १५ हजार दिइने आयोजकले बताएको छ । आजै राजनैतिक दल र नगरपालिका कर्मचारी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता भएको छ । ्
 वडा नम्वर ४ अध्यक्ष मोमत रोकाको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको अध्यक्षता नगर उप प्रमुख मन्जु यरीले  गर्नुभएको थियो सञ्चालन  प्रमुख प्रशासाकिय अधिकृत हरि बहादुर खत्रीले गर्नुभएको थियो । कपा सल्यान जिल्ला सदस्य कृतिबहादुर राना, नेपाली काङ्ग्रेस नगर सयोजक टोपबहादुर भण्डारी लगाएका व्यक्तिहरु रहेका थिए
 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka