सामाजिक जागरण ल्याउने माध्यम बन्दै आमा समूह

सल्यान अनलाइन, जेठ २२, २०७६

सामाजिक जागरण ल्याउने माध्यम बन्दै आमा समूह

जेठ २२, सल्यान ।  टोल टोलमा गठन भएमा आमा समूहहरु महिलालाई आत्मनिर्भर बनाउन र सामाजिक जागरण ल्याउने माध्यम बनेका छन् । समाजमा हुने सामाजिक कार्यदेखि सामाजिक जागरण ल्याउनेसम्मका काम महिला समूहहरुले गर्दै आइरहेका छन् । उनीहरुले सामाजिक कार्यसँगै वैठ्कमा मासिक पैसा जम्मा गर्ने गदैछन् । जम्मा गरेको पैसाबाट उनीहरु घरको गुजारा चलाउने गर्छन । सामाजिक भेदभाव र महिला स्वास्थ्य लगायतका विषयहरुमा उनीहरु शक्रिय बन्दै गई रहेका छन् । गाउँ घरमा यदि कोही शक्रिय छ त त्यो आमा समूह रहेको आमा समूहको दावी रहेको छ । 
आमा समूह बनाएर काम गर्दा समाजमा रहेका भेदभावका विरुद्ध लड्न तथा सामुहिक काम गर्न निकै सहज भएको कालिमाटी गाउँपालिका वडा न २ पुतलीबजारकी गंगा भण्डारीले बताइन  उनले भनिन  प्रत्येक महिना सबै दिदीबहिनी बैठ्क बस्छौं । सामाजिक विकासका सवाल देखि समाज रुपान्तरणका विषयमा कुराकानी गछौं । 
टोलमा रहेका २० देखि २५ जना महिला मिलेर गठन गरिएको समूहबाट उठेको रकम आलोपालो घुम्टी कोषको माध्यमबाट चलाउने गरेको तिला केसीले बताइन । उनले भनिन घुम्ती कोषबाट घरको सामान्य खर्च चलाउने गछौं । यसले यहाँका महिलाका सानोतिनो खर्च टर्ने गरेको छ । 
कोषबाट ल्याएको पैसाबाट केही महिलाले व्यवसाय सञ्चालन समेत गर्दै आइरहेका छन् ।  सस्तो व्याजदरमा समूहबाट ऋण पाइने भएकाले समूहबाट ऋण लिएर बाख्रा पालन गर्दै आइरहेको किचेनखोलाकी चन्द्रा विकले बताइन । उनले भनिन सस्तो व्याजदरमा आफूले ऋण पाएपछि उक्त पैसाले अहिले दुई वटा बाख्रा किनेर पाली रहेकी छु । 
समूहमा आफ्ना समस्या आपसमा सुनाउने र समाधानका लागि एकजुट हुने गरेको विकको भनाई छ । सामाजिक सवालमा छलफलमा चलाउने देखि समाजमा हुने नकारात्मक क्रियाकलापहरुको एकजुट भएर सामना गर्ने गरेको उनको भनाई छ ।
समूहमा बस्दा महिलाहरुको  व्यक्तित्व विकास समेत भई रहेको चम्फी विकले बताइन । उनले भनिन पहिले हामी आफ्नो नाम भन्न पनि गाह्रो मान्थ्यौं तर आजभोली सार्वजनिक कार्यक्रममा समेत ढुक्क भएर बोल्न सक्ने भएका छौ । आमा समूहले गाउँका महिलाहरुको सामाजिक, आर्थिक, तथा मनोवैज्ञानिक परिवर्तन ल्याएको छ । 

 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka