देवस्थल औलवेशी बामे सडक उद्घाटन, ५० वर्ष सम्म काङ्ग्रेस देशमा शासन गर्न नसक्ने, नगर प्रमुख पुनको भनाइ

सल्यान अनलाइन, जेठ २७, २०७६

देवस्थल औलवेशी बामे सडक उद्घाटन, ५० वर्ष सम्म काङ्ग्रेस देशमा शासन गर्न नसक्ने, नगर प्रमुख पुनको भनाइ

इन्द्र बुढाथोकी जेष्ठ २७ सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न २ बामेमा आज बस उद्घाटन गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मन्जु यरिले रिवन काटेर बस उद्घाटन गर्नु भएको हो । भेरी राप्ती यातायातको ना ५ ख १६२७ नम्बरको बसले पहिलो पटक सेवा दिएको छ बिगतका दिनहरूमा जिल्लाको बिकट गाविस भनेर चिनिने बामेमा अहिले सडक सन्जालले जोडे पछि स्थानीय खुसी भएका छन । जिल्ला विकास समिति, गाविस हुँदै नगरपालिकाबाट बिनियोजित बजेटबाट सडक सम्पन्न गरिएको छ । देवस्थल हुँदै औलवेशी बामे २४ किलोमीटर सडकमा अब बिहान् ८ बजे बामे देखि साझ ४ बजे सल्लीबजारबाट बामेका लागि बस छुट्ने छ । दैनिक रुपमा गाडी आवतजावत गर्ने छन । औलवेशी बाट बामे सम्म ६ किलोमीटर सडक ४३ लाखमा निर्माण गरिएको छ । नगरपालिकाको २ र ३ नम्बर वडाको स्थानीयले प्रत्येक्ष सेवा लिने र वजार आवता जावतमा सहजता थपेको छ । सडक निर्माण कार्य सम्पन्न भए पछि स्थानीयले आज भव्य उद्घाटनका समारोहको आयोजना गरेका छन् । प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुनले देश विकासले सबै एक भएर लागेमा मुलुक अब शान्ति र समृद्धिको दिशा आउन सक्ने बताएका छन । सडक सन्जालले जोडिए सङ्गै अब स्थानीय बासिले कृषि, उत्पादन, र व्यवसायी मुलक तिर नगर प्रमुख पुनले आग्रह गर्नु भएको छ । अब सडकले जोडिए सङ्गै बिदेशको खाडी मुलुकमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा जन्म भुमिमा व्यवसायी मुलक रोजगारीमा लाग्न अनुरोध गर्नु भएको छ । व्यवसाय मुलक तरिकाले व्यवसाय गर्ने लाई आउदो नगर सभा बाट बजेट बिनियोजन गर्ने बताउनु भएको छ। स्थानीय जनताको सहभागीता बिना कृषि, शिक्षा, स्वास्थ , लगाएत कुनै पनि काम गर्न नसकिने नगर प्रमुख पुनले बताएका छन । नेपाल कम्युनिस्ट पार्टी( नेकपा) जिल्ला अध्यक्ष समेत रहेका पुनले देशमा कम्युनिस्टहरुको २ दुई तिहाईको सरकार भएको र जनताका समस्या समाधान गर्ने अब देशमा नेपाली काङ्ग्रेसले ५० औं वर्षसम्म बढालेर जाने र विकास पनि गर्ने नसक्ने बताएका छन । अब कृषिमा आत्मनिर्भर हुन कुन वडा टोलमा कुन जडिबुटी खेतिको आवश्यकता छ त्यसको माटो परिक्षण गरि त्यस तर्फ लाग्न समेत युवालाई आग्रह गर्दै त्यस तर्फ लाग्ने युवालाई नगर बाट ५० लाख सम्म अनुदानको व्यवस्था गरिएको समेत बाताउनु भएको छ । प्रत्येक परिवारहरु त्यस तर्फ लाग्ने समेत आग्रह गरेका छन । नगरपालिका विभिन्न सघ सस्था सामुदायिक बन, कबुलियत बन रास्टिय बन लगाएत अन्य क्षेत्रमा समेत व्यवासाय गर्न आग्रह गरेका छन । विकास निर्माणको काममा विपक्षहरुले अवरुद्ध गर्ने र अनावश्यक आरोप लगाउने गरेको र त्यसलाई भण्डा फोर गर्नु पर्ने बताए । बिशिस्ट अतिथी नगर उप प्रमुख मन्जु यरिले अब नगरपालिका सम्पुर्ण वडाहरुमा सडक सन्जालले जोडिसकेको र अब स्तर वृद्धि तिर नगरपालिकाले ध्यान दिने बताएकी छन । अब बिकटका बाकी औलहरुको टोलहरुमा सडक जोडिना बाकी रहेको र त्यस तर्फ पनि ध्यान दिन बताएकी छन । जनताको अपेक्षा अनुसार बिकास गर्ने नसकिए पनि आउदो बर्ष जनताको सहयोगमा अपुरा सपना पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले अब सडक सन्जालले जोडिनु भन्दा १२ महिना गाडी सन्चालन हुने तिर नगर सरकार लाग्नु पर्ने र सडक मात्र नभएर शिक्षा, स्वास्थ, बिधुत, खानेपानी तिर पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन । सडकहरुमा जथाभावी डुङ्गामाटो, दाउरा नफाल्न स्थानीय जनतालाई आग्रह गरेका छन । सडक उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस वडा न २ का क्रीयासिल सदस्य जीवन रानाले नेपाली काङ्ग्रेस पार्टी छोडेर नेकपामा प्रवेश गरेका छन । अध्यक्ष पुनले आफ्नो पार्टीमा स्वागत गर्नु भएको छ । यस्तो आशा लग्दो युवाहरुले अब नेकपामा आएर देश विकासमा जुटन समेत आग्रह गरेका छन । नव प्रवेशि रानाले बिगतमा काङ्ग्रेसमा लागेर गल्ती गरेको र काङ्ग्रेसले देशको विकास पनि गर्ने नदेखेर आफुले नेकपामा प्रवेश गरेको बताएका छन । अब देश बिकास नेकपाबाट मात्रै सम्भावना रहेको बताएका छन । कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, २ न वडा अध्यक्ष प्रतिमल बुढा, ३ न वडा अध्यक्ष टेक ब पुन, नेकपा सल्यान जिल्ला कमिटी सदस्य कृति ब राना, धन ब पुन, रबिराज शर्मा, दुर्गा बुढाथोकी, दिपक यरि, लगाएत स्थानीयको उपस्तिथि रहेको थियो ।


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka