सडक,विद्युत र शिक्षक तत्काल व्यवस्थापन गर्न स्थानीयको माग (फोटो फिचर)

सल्यान अनलाइन, जेठ २९, २०७६

सडक,विद्युत र शिक्षक तत्काल व्यवस्थापन गर्न स्थानीयको माग (फोटो फिचर)

जेठ २९, सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिका सल्यानले आयोजना गरेको सार्वजनिक सुनुवाई तथा रेडियो बहस कार्यक्रममा बोल्ने बक्ताहरुले सडक, विद्युत, र विद्यालयमा शिक्षकको  व्यवस्थापन गर्न माग गरेका छन् । 
गाउँपालिकाको वडा न ५, ६ र ७ न वडामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय सरकारको अनुभुति हुने गरी विकास निमार्ण गर्न माग गरेका हुन् । सदरमुकाम नजिकै भएपनि विकास निमार्णमा पछि परेको भन्दै बस्तीस्तरबाट छनौट भएका योजनालाई कार्यन्वयन गर्न उनीहरुले माग गरेका हुन । वडा न ५ लेखपोखरामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले लेखपोखराबासीको पहिलो माग विद्युत भएकाले विगत वर्षझै यो वर्ष विद्युतको बजेट फ्रिज भए लेखपोखराबासीका लागि अन्याय हुने बताए । यस्तै गाउँपालिकाले सरुवा गरेका शिक्षक तोकिएको स्थानमा नजाँदा  विद्यार्थीहरु पढ्नबाट बञ्चित भई रहेको बताए । 
वडा न ६ र ७ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा खानेपानी मुख्य समस्या भएकाले खानेपानीको व्यवस्था गर्न आग्रह गरेका हुन । 
वडा न ५, ६ र ७ मा भएको सार्वजनिक सुनुवाई तथा रेडियो बहस कार्यक्रमका केही झलक
 


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka