सल्यानका तीन नगरपालिकाको बजेट १ अर्व

सल्यान अनलाइन, आषढ ११, २०७६


सल्यानका तीन नगरपालिकाको बजेट १ अर्व

असार ११, २०७६ । 
सल्यानका तीन नगरपालिकाले एक अर्व बढिको बजेट सार्वजनिक गरेका छन् । सबैभन्दा धेरै बागचौर नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७६÷०७७ का लागि बागचौर नगरपालिकाले ४९ करोड ४९ लाख, ४९ हजारको बजेट प्रस्तुत गरेको हो । उप प्रमुख कल्पना पुनले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम कार्यन्वयन गर्नका लायग चालु तर्फ रु ९ करोड ७१ लाख ९८ हजार र पुजिगत तर्फ १४ करोड ५२ लाख १८ हजार र शशर्त अनुदान चालु र पुजिथत गरेर रु २१ करोड ७३ लाख रहेको छ । 
पाँचौ नगरसभाले नगरको समृद्धिका लागि भन्दै नगरपालिका भित्र शहिद रिङ्गरोड, विद्युतीकरण, कृषि तथा पशुपालन, सबै वडामा स्वास्थ्य चौकी तथा क्लिनिक, नगर स्तरीय खेलमैदान, चिस्यानकेन्द्र निमार्ण, पानीका मुहान संरक्षण, जेष्ठ नागरिक भेटघाट कार्यक्रम  , माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा, लगायतका कार्यक्रम सार्वजनकि गरेको छ । 
बन्गाड कुपिन्डे नगरपालिकाको ४७ करोड 
बन्गाड कुपिन्डे नगरपालिकाले ४७ करोड ३८ लाख ८६ हजार बराबरको सिलिङ पेश गरेको छ । 
आर्थिक वर्ष २०७६÷२०७७ बजेट ४७ करोड ३८ लाख ८६ हजार बराबरको प्रस्तुत भएको छ । जस अन्तर्गत चालू तर्फ २८ करोड १० लाख र पुजीगत तर्फ १९ करोड १० लाख बजेट विनियोजन गरिएको छ । आन्तरिक राजश्व तर्फ ५० लाख अनुमानित गरिएको छ । 
 सघिंय सरकारबाट ३३ करोड ११ लाख, राजस्व बाँडफाँड संघ र प्रदेश सरकारबाट बितिय सामान्यीकरण अनुदान बापत ११ करोड २९ लाख ४२ हजार रहेकोे छ । जस अन्तर्गत वित्तिय सामानिकरण तर्फ १ करोड ५ लाख ४४ हजार कृषि तर्फ ५० लाख, सिचाइ ६९ लाख, भाषा सास्कृतिक र कला तर्फ ५० हजार , कुपिण्डे ताल डिपिआर र पुर्वाधार तर्फ ४० लाख उप प्रमुख मञ्जु यरी सार्वजनिक गरिन । 
यस्तै  पुर्वाधार सडक तर्फ ५ करोड ३९ लाख, उज्यालो कार्यक्रममा १ करोड २४ लाख, नगरपालिकाको भवन निर्माण २ करोड, सामुदायिक बिध्यालयको गुणस्तरीय शिक्षाको लागि २ करोड ११ लाख, स्वास्थ्यमा १ करोड ५५ लाख, युवाखेलकुदमा २० लाख, खेलकुद फिल्ड निर्माण २० लाख, खानेपानी १ करोड ८९ लाख, लक्षित बर्गको लागि ८० लाख, विपत व्यवस्थापनमा १ करोड ६८ लाख ८६ हजार र कार्यालय व्यवस्थापन लगाएत बिबिध क्षेत्रमा ९ करोड ५० लाख बजेट प्रस्तुत भएको छ ।
जेष्ठ नागरिकलाई मासिक ३ सय स्वास्थ्य भत्ता दिने 
शारदा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई मासिक तीन सय स्वास्थ्य भत्ता दिने भएको छ । पाँचौ नगरसभाले जेष्ठ नागरिकलाई स्वास्थ्य भत्ता दिने सार्वजनिक गरेको हो । नगरसभाले नगरभित्रका सबै सिचाई कुलोलाई पक्की बनाउने, सबै वडालाई सदरमुकामसम्म जोडन सडकको स्तरवृद्धि गर्ने, सबै वडामा विद्युतीकरण गर्ने, जेष्ठ नागरिकलाई दिदै आएको दुई हजार रुपैयालाई यथावत राखिने, खानेपानीको अभावलाई नियन्त्रण गर्न दिर्घकालिन योजना बनाउने लगायतका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 
एक करोड ५१ लाख, २६ हजार आन्तरिक स्रोतको अनुमान गरेको नगरपालिकाले जम्मा ४६ करोड १६ लाख ९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । 

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka