बागचौर ११मा योजनाकेन्द्रीत  सार्वजनिक सुनुवाइ

सल्यान अनलाइन, आषढ १२, २०७६


बागचौर ११मा योजनाकेन्द्रीत  सार्वजनिक सुनुवाइ


सल्यान बागचौर नगरपालिकामा वडा नम्वर ११ मा  चालु आर्थिक वर्षमा  विद्युत लाईन विस्तार, शहिद रिङरोड , खानेपानी योजना सम्पन्न भएका छन् ।  बागचौर नगरपालिका वडा नं. १२ को दोभान बजार, रातामाटा,  हुँदै ११ को वडा कार्यालय, पानीचौर सम्म जोडने बिद्युत लाइन बिस्तार योजना  २१ लाखमा सम्पन्न भएको छ । यस्तै धादेमारे, जुता छराउने शहिद रिङ्गरोड योजना २१ लाख , सिमनेटा टोल लिप्ट सिस्टम खानेपानी योजना ८ लाख रकममा  सम्पन्न भएको  वडा अध्यक्ष मोहन खड्काले वताउनुभयो । उहाले भन्नुभयो ४ लाख ५० हजारको तिम्ल्यागैरी खर्क लिप्ट सिस्टम खानेपानी योजना  सम्पन्न गरेका छौ । 
यसैविच चालु आर्थिक वर्षमा वडामा सञ्चालित विभिन्न योजना  र आयोजनाको  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न नभएको  छ ।  सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्वोधन गर्दे वडा अध्यक्ष मोहन खड्काले वडाको समृद्ध बिकासको लागी सबै मिलेर काम गर्नु पर्ने वताउनुभयो ।उहाले भन्नुभयो वडाको विकासमा सवैले हातेमालो गरौ । 
योजनालाई गुणस्तरिय, पारदर्शी वनाउन आफुलागि परेको  भन्दै खड्काले कहि कतै अनियमितता भएको भए  नगरपालिका , अन्य नियमन निकायमा उजुरी गर्न समेत सवैलाई आग्रह गर्नु भयो ।
कार्यक्रम वडा वासी र विभिन्न योजनाका उपभोक्ता समिति, सेवाग्राहीहरुको  उल्लेख्य सहभागिता रहेको थियो ।




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka