डेंगुका कारण एक नेपालीको भारतमा मृत्यु

सल्यान अनलाइन, असोज ०४, २०७६


डेंगुका कारण एक नेपालीको भारतमा मृत्यु

इन्द्र बुढाथोकी असोज ४, सल्यान 
डेंगुका कारण एक नेपालीको भारतमा मृत्यु भएको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ७ सिम्तिगैराका २१ वर्षिय नोखिराम नेपालीको भारतको राजकोटमा मृत्यु भएको हो । 
भारतको राजकोट अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ । पाँच महिनाअघि मात्र रोजगारीका लागि भारत पुगेका नेपालीको मृत्यु भएको  आफन्त खुम बहादुर सार्कीले बताए । 
 नेपालीको शवलाई नेपाल ल्याउनका लागि रकमको जोहो गरी रहेको लोकराज नेपालीले बताए । 

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka