माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु 

सल्यान अनलाइन, असोज ०५, २०७६


माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु 

इन्द्र बुढाथोकी  सिम्ता, ५ असोज ।
माटोको ढिस्कोमा पुरिएर सुर्खेतको सिम्ता गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । दशैमा घर पोत्ने रातो माटो लिन गएकी सिम्ता गाउँपालिका वडा नम्वर ३ की ४९ बर्षिया दिपा भण्डारीको मृत्यु भएको हो ।
आईतवार अपरान्ह ५ बजे  घर नजिकैको बयान जंगलमा रातो माटो लिन गएका बेला माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरेपछि घटना स्थलमै मृत्यु भएको सिम्ता गाउँपालिकाका सामाजिक परिचालक चन्द्रबहादुर शाहीले जानकारी दिए ।

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka