जनस्वास्थ्य, आयुर्वेदिक र अस्पताल अब एउटै छातामुनि

सल्यान अनलाइन, असोज १३, २०७६


जनस्वास्थ्य, आयुर्वेदिक र अस्पताल अब एउटै छातामुनि

सरिता चलाउने, असोज १३, सल्यान 
सल्यानमा स्वास्थ्य सेवा कार्यलयको स्थापना गरिएको छ । कर्णाली प्रदेश सामाजीक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनायको मातहतमा सल्यानमा स्वास्थ्य सेवा कार्यलय स्थापना गरिएको हो । स्वास्थ्य सेवा कार्यालय स्थापना भएपछि अब जनस्वास्थ्य, आयुर्वेदिक सेवा जिल्ला अस्पतालबाट हुने भएको छ । 
सोमबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सेवा कार्यालयको स्थापना गरिएको हो ।  प्रदेश सरकारको लिएको लक्ष्य अनुसार स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उदेश्यले एकिकृत गरिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका सचिब मान बहादुर बिकले बताए । 
अब स्वास्थ्यसँग सम्बन्धित सबै सेवाहरु एउटै छाना मुनिबाट जनतालाई प्रभावकारी तरिकाले दिने उनको भनाई छ । उनले भने ‘अब उपचारात्मक सेवा मात्र नभएर आर्युबेदिक उपचार र अन्य उपचार पनि एकै ठाउँबाट हुन्छ ।’ 
उनले जिल्ला अस्पताललाई ५० सैयाको अस्पताल घोषणा गरी आँखाको उपचार समेत जिल्ला  अस्पताल बाट गरिने व्यवस्था गरिने बता । सेवाग्राहीलाई निःशुल्क सेवा र  सबैको पहुँचमा पुग्ने वातावरण बनाउन यस्तो कार्य गरिएको उनको भनाई छ । 

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka