सञ्चार माध्यमले  उठाउने विषयवस्तु तथ्यमा आधारित हुनु पर्ने 

सल्यान अनलाइन, असोज १३, २०७६


सञ्चार माध्यमले  उठाउने विषयवस्तु तथ्यमा आधारित हुनु पर्ने 

कुमाख राष्टिय दैनिक पत्रिको प्रथम वार्षिक उत्सव समारोहमा वोल्ने वक्ताहरुले सञ्चार माध्यमले  उठाउने विषयवस्तु तथ्यमा आधारित हुनु पर्नेमा जोड दिएका छन् । उनिहरुले  सञ्चार माध्ययमले दिने  समाचार मार्फत समुदायले धेरै कुरा थाहा पाउने भएकाले सत्य तथ्य मात्र समाग्री पस्कनु पर्ने  वताएका छन् । 
 जनतामा सरकारले  अघि सार्ने नीति कार्यक्रम र जनताका गुनासा माग पनि मिडिया मार्फत वाहिर आउने भएकाले पत्रकार र स ञ्चार माध्याम जीम्मेवार वन्नु पर्नेमा उनिहरुको जोड रहेको छ ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा संघीय संसद टेकवहादुर वस्नेतले  पत्रकारहरुले  िनर्भिक भएर समाजका खरावीका विरुद्ध कलम चलाउनु पर्ने वताउनुभयो । उहाले भन्नुभयो पत्रकारिता ज्यादै जोखिमपूर्ण पेशा हो ।सबैले पत्रकारिता गर्न सक्दैनन्, पत्रकारिता गर्नलाई बौद्धिकता चाहिन्छ, ज्यान जोखिममा राख्नुपर्छ ।
संविधान कार्यान्वयको चरण रहेकाले पत्रकारिताका माध्याम वाट संविधानले अघि सारेका मौलिक हकलगायतका जनताको अधिकार वारे  सूसूचित गर्नु पर्ने छ वस्नेतले भन्नुभयो  समाजिक न्याय, मौलिकहक आदि  कार्यान्वयनका लागि प्रेसर दिनु प र्ने छ ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवहादुर विष्ठले  सल्यान जिल्लामा चुनौतिका वावजुद पत्रकारिता क्षेत्रले विकासमा योगदान गरेको व ताउनुभयो ।
कार्यक्रममा वनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुन, छत्रेवश्री गाउँपालिका अध्यक्ष सन्तोष केसी, शिद्धकुमाखका अध्यक्ष चित्रवहादुर च लाउने, नेपाली काँग्रेसका जिल्ल ासचिव प्रकाश भण्डारी, संघीय समाजवादीका जिल्ला अध्यक्ष सन्तोष कुमार राई, लगायतले मन्तब्यराख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माले  सल्यानको विकासमा सञ्चार क्षेत्रले पुरयाएको योगदान कमजोर नभएको वताउनुभयो । उहाले भन्नुभयो दिगो विकास र सुशासन क्षेत्रमा पनि पत्रकारिता क्षेत्रवाट योगदान भएको छ । मिडियालाई विज्ञापनको लागी रोइकराई नगरेर मिडिया आफैले गुणस्तरीय विषय वस्तु प्रस्तुत गर्न आग्रह गर्दछु ।
स्थानीय सरकारले जनताको लोककल्याणकारी हितका लागि संप्रेशन गर्नु पर्ने समाग्री स्थानीय सञ्चार माध्यामको प्रयोग गर्नुपर्ने शर्माले वताउनुभयो सरकार गाउँ आउने तर विज्ञाप सूचना सिहदरवार जाने कार्य राम्रो होईन । 
सल्यानको पत्रकारिता पुरै संयमित भएको भन्दै उनले जिल्लामा कुनै बदनामी खालको पत्रकारिता नभएको वताउनुुुभयो ।  उहालेभन्नभयो सल्यानका पत्रकारहरुले  जती गर्नुपर्ने त्यति गर्न नसकेका हौला  हामी स्वीकार्छाैं, तर बदनामी भने केहि गरेका छैनन् ।सल्यानको पत्रकारिता सभ्य छ । कुनै पत्रकारले समाचारमा वार्गेनिङ गरेको , गलत गरेको भए सूचना दिनुहोस् । कार्वाही गछौ ।
कुमाख राष्टिय दैनिकका प्रकाशक गोविन्द उपाध्यायले पत्रिकाको विकास लागि सहयोग गर्न सवै स ंग आग्रह गर्नु भएको थियो । साप्ताहिक हुदै १ वर्ष यता कुमाख राष्टिय दैनिक पत्रिकाको रुपमा सञ्चालनमा रहेको छ ।




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka