सल्यानमा टिप्पर दुर्घटना: १ को मृत्यु ३ घाइते

सल्यान अनलाइन, असोज १४, २०७६


सल्यानमा टिप्पर दुर्घटना: १ को मृत्यु ३ घाइते

असोज १४, सल्यान 
सल्यानमा रोकि राखेको टिप्पर चल्दा एक मजदुरको घटना स्थलमै मृत्यु भएको छ  भने तीन जना घाइते भएका छन् । शारदा नगरपालिकाको कार्यालय नजिकै बा ३ क २३६५ न टिप्पर दुर्घटना हुँदा शारदा नगरपालिका वडा न ८ मार्केकी ४५ वर्षिया रामकली विकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
विक खलंगा सुर्खेत सडकमा मजदुरको रुपमा काम गर्दै आइरहेकी थिइन । घाइते हुनेमा शन्तोषी सेवा निमार्णका कामदार ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेका छन् । घाइते तीनै जनाको सल्यान अस्पतालमा उपचार भई रहेको छ । मृत्तक विकले पानी पिउन भनेर झ्याल खोलेर पानीको खोज्ने क्रममा गाडीको ब्रेकमा हात जाँदा टिप्पर व्याक भई सडकबाट तल खसेको थियो । 
 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka