शंखमुल-खर्सुबास सडकको स्तरोन्नती

सल्यान अनलाइन, कार्तिक ०८, २०७५


शंखमुल-खर्सुबास सडकको स्तरोन्नती

 सल्यानको छत्रेश्वरी गाउँपालिकाले शंखमुल देखी खर्सुबाससम्मको सडकको स्तरोन्नतीको कार्यलाई तिब्रता दिएको छ।गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने शारदा क्याम्पस देखि दारिमज्युला(जयचौर हुँदै खर्सुबाससम्मको सडकको स्तरोन्नतीको कार्य सुरु गरेको हो।
४ मिटर रहेको उक्त सडक चौडा बनाएर नालासहित १० मिटर बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ।सडक १० मिटर चौडा बनाएर बाह्रै महिना गाडी चलाउने उद्देश्यका साथ काम सुरु गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले वताउनुभयो ।
उक्त सडक स्तरोन्नतीको कार्य गाउँपालिकाले आफ्नै बजेटबाट सुरु गरेको हो।करिब ३५ किलोमिटर रहेको उक्त सडकमा गाउँपालिकाले आफ्नै १ स्काभेटर २ ब्याक्हो लोडर र १ टिप्पर प्रयोग गरेको छ।गाउँपालिका भित्रका सडक मर्मतको लागि कार्यालयले अर्को एक थान स्काभेटर खरिदको कार्य सुरु गरिसकेको अध्यक्ष केसिले जानकारी दिनुभयो ।
उक्त सडकमा २०६३ देखि गाडी चल्न थालेको भएतापनि बाटो साघुरो र खाल्डाखुल्डीका कारण यात्रु र सवारी साधनलाई निकै मार परिराखेको थियो।अहिले गाउँपालिकाको वडा नम्बर ४ को जयचौरसम्म मात्र कठिन रुपले गाडी जाने गरेका छन।

खर्सुबास क्षेत्रका स्थानियहरुले सडक नहुदा र जयचौर क्षेत्रका स्थानीयबासिहरुले सडक गतिलो नहुदा निकै सास्थी खेप्नुपरेको थियो।डोजरले काम सुरुगरेपछि सडक बन्ने ढुक्क भएको बताउदै स्थानीयहरु खुशी भएको गाउँ कार्यपालिका सदस्य दलबहादुर सार्किको भनाई छ । 
गाउँपालिकाले लागत खर्च कमगर्न कोटेसन र टेन्डरबिना स्तरोन्नतीको कार्य सुरु गरेको हो।टेन्डर दिएर काम थोरै हुने भएकाले खर्च कम गर्न आफ्नै कार्यालयमा उपलब्ध डोजर लगाएर काम भैरहेको छ ।
गतबर्ष हामिले आफ्नै कार्यालयका डोजर लगाएर सडक खन्यौ“ प्राबिधिक स्टमेटभन्दा करिब ३ गुना सस्तो रकममा काम सम्पन्न भयो त्यसैले खर्चकम आफ्नै कार्यालयका डोजर प्रयोग गरेका “हौ गाउँपालिका अध्यक्ष सन्तोष केसिले भन्नुभयो गाउँपालिका भित्रका कोहिपनि नागरिकहरु सडक प्रयोगबाट बन्चित नहुन भन्ने उद्देश्यका साथ भएका सडक मर्मत र नयासडक निर्माणको कार्यलाई तिब्रता दिईएको छ । 
उक्त सडकको स्तरोन्नती गर्न गाउँकार्यपालिका बैठकले इन्धन खरिद र मेसिनरी सामाग्री मर्मत खर्चको रकम छुट्याएर कामसुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले वताउनुभयो । उहाले भन्नुभयो उँपालिका भित्रका अन्य सडकहरुको कामपनी यसैगरी सम्पन्न गरिने छ ।
उक्त सडक निर्माणबाट सल्यानका झिम्पे र त्रिवेणी गाउँपालिका तथा रोल्पाको जिनाबाङ, ओत र जुंगारका नागरिकहरु लाभान्वित हुनेछन् । स्तरोन्नतिसँगै उक्त सडक सल्यानको कपुरकोटबाट रोल्पा सल्यानको सिमाना झ्याम हुँदै रुकुम खौला जोड्ने राजमार्गसङ जोडिने छ।
 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka