अम्बा बेचेर पढाई खर्च जुटाउदै बालबालिका

सल्यान अनलाइन, कार्तिक १७, २०७६


अम्बा बेचेर पढाई खर्च जुटाउदै बालबालिका

सरिता चलाउने ,कात्तिक १७, सल्यान ।
सल्यानको शिद्धकुमाख गाउँपालीका वडा नम्बर १ बेलौतिघारीकाबालबालीकाले बेलौति बेचेर पढाई खर्च जुटाउने गरेका छन । प्रसस्त मात्रामापाईने बेलौतीविदाको दिनतथाविद्यालयखुलेको दिनमापनिविहान बेलुका बेलौती बेचेर शैक्षिक सामग्री जुटाउने गरेको हुन ।
घर नजिकै रहेको जलामारे सामुदायिकबन क्षेत्र भित्र रहेका बैलौति टिपेर राप्ती राजमार्गमा पर्ने दाङ सल्यान रुकुम सडक खण्डमा बसेर साझ बिहान बेलौति बेचेर आम्दानीगर्ने गरेको बलौतीघारीका १२ बर्षकामोहनबोहराले बताए । उनकाअनुसार आफु जस्तै धेरै साथिहरुले बेलौति बेचेर घर खर्च चलाउनुका साथै पढाई खर्च समेत जुटाउने गरेका छन । 
अहिले बेलौतिको सिजनभएकाले सिजन भरीमाकरिब एक जनाले  १० हजार जति पैसाकमाउने गरेको उनले बताए । गाउँमा बेलौतीप्रशस्तपाइने भएकाले बोटबाट टिपेरसडक छेउमा बसेर  बेच्ने गरेको र यसबाट राम्रै पैसा जम्माभएको मोहनले बताए ।
११ बर्षकीबिमला बुढाथोकीले पनिबिहानै बेलौतिबोकेर राप्ती राजमार्गकै सडक छेउमै आउने गरेकी छन् । राजमार्गमाओहोर दोहोर गर्ने गाडी तथाबसहरुलाई रोकेर बेलौतिबिक्रिगर्ने गरेको उनले बताए ।  घर नजिकै रहेका बेलौतिहरु टिपेर दैनिक सडकमा बेच्नआउने गरेको उनको भनाई छ  । 
उनले भनिन‘विहानै आउछु सडकमा बस्छु बेलौती बेलौती भन्छु विहानदुईतीन सय बेलुकादुइतीन सय कमाउछु, दिनदिनै कमाइ राम्रै हुन्छ ।’ बेलौतिसिजनमा बेलौति बेच्छौ, सिजन सकिएको बेलानजिकैको शारदा खोलामा माछा मारेर भएपनिखर्च जुटाउने गर्छौ । बुबाआमाको कमाई घरखर्चमै सकिने भएपछि बेलौती बेचेर आफ्नो खर्चको जोहो गर्ने उनको भनाई छ । 
खुल्ला क्षेत्रमाआफै उत्पादनभएको बेलौतिअहिले राल्पा, रुकुम, सल्यान, दाङ, नेपालगञ्ज, बुटुवल, काठमान्डौँ लगायतबिभिन्न स्थानमापुग्ने गरेकोहोटेलका संचालककालीबहादुर बुढाथोकीले बताए ।  यसले गर्दा आर्थिक अवस्थाकम्जोर भएकाबालबालीकाहरुकालागी सजिलो भएको उनको भनाई छ  । अहिले बेलौति बेचेर बालबालीकाले दिनमा ८ सय देखि एक हजार सम्म पैसा बनाउने गरेको बताए ।
बालबालीकाले रहरको लागीभएपनिकतिबेला त बिद्यालय छोडेरै बेलौति बेच्ननिस्कने  गरेका छन । आर्थिक समस्याकै कारण बेलौती बेच्ने गरेकाबालबालिका भेटिएमा यस्तो समस्याको पहिचानको गरी पहल गरीने शिद्धकुमाख गाउँपालीका  वडा १ का वडा अध्यक्ष रामबहादुर बस्नेतले बताए । अहिले बेलौतिको सिजनभएकाले रहरले मात्रबालबालीकाले बेलौति बेच्ने गरेको बस्नेतको भनाई छ  । 
 बेलाइतीघारीकादर्जन बढी बालबालिकाहरुले अहिले बेलौती बेच्नथालेका छन् । 

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka