सुनकोशीमा बस खस्दा ६ जनाको मृत्यु

सल्यान अनलाइन, कार्तिक १७, २०७६


सुनकोशीमा बस खस्दा ६ जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

२० जनाको भने उद्धार गरिएको उनले बताए । उनीहरूलाई उपचारका लागि बनेपा अस्पतालमा पठाइएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने डीएसपी काफ्लेले बताए ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेपछि तत्कालै उद्धार थालिएको थियो।

बस खसेको देखेपछि र्‍याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले बस खसेपछि सुनकोशीले बगाउँदै गरेका केही यात्रुलाई पनि उद्धार गर्न सफल भएका छन्। नदीमा डुबेको बसलाई टुचिङले तानेपछि किनारमा निकालिएको छ। उद्धारका क्रममा केही शव बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। 
 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka