बिद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

सल्यान अनलाइन, कार्तिक १८, २०७६


बिद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

सरिता चलाउने,कात्तिक १८, सल्यान । 
जिल्लाको शारदा नगरपालिकाले छात्राहरुलाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा पनि  छात्राहरु नियमित गराउने उदेश्यले नगरपालिकाले बिद्यालयहरुमै पुगेर सेनेटरी प्याड वितरण गरेको हो ।
छात्राहरु महिनावारी भएको बेला लजाउने, बिद्यालय आउन गाह्रो मान्ने गरेकाले नगरभित्रका सबै माध्यामिक बिद्यालयहरुमा सेनेटरी प्याड बितरण गरेको नगरप्रमुख शुरेस अधिकारीले बताए । 
महिनावारी भएको समयमा छात्राहरु बिद्यालयमा आउदैनन भन्ने गुनासो आएपछि नगरपालीकाको योजना अनुसार प्याड वितरण गरेको उनको भनाई छ  । शिबजन माध्यामिक बिद्यालयका ६ सय छात्रा सहित नगर भित्रका३५ वटा बिद्यालयका करिब १हजार ८  सय छात्राहरुलाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गरिएको छ । 
छात्राहरु बिद्यालय आउदा महिनावारी भए भागेर जाने समस्या, लजाउने, बिचैमा कलास छोडेर जाने समस्या खेप्दै आएकाले अब यो समस्या हटने विश्वास लिएको शिबजन माध्यामिक बिद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । उनले भने अब महिनावारी भएको बेला विद्यालय नआउने बाध्यताको पनि अन्त्य भएको छ ।  
पहिले बिद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहँुदा आफुहरुको पढाई छुटने, अध्ययन गर्दा गदै महिनावारी हुदाँ छात्राहरुलाई एकदमै गाह्रो हुने, पढाई छोडर घर जानु पर्ने हुने गरेकोमा अब भने यो समस्या बाट मुत्ती पाएको  शिबजन माध्यामिक बिद्यालय कक्षा १० मा अध्ययरत छात्रा सुनिता बिकले बताइन । 
शिक्षा हासिल गर्नको लागी सबै कुराको खाँचो हुने भएकाले त्यो मध्य छात्राहरुको लागी सेनेटरी प्याड पनि महत्वपुर्णको बिषय  भएको अर्का छात्रा शुस्मा देबकोटाले बताइन । 
नेपाल सरकारले यस बर्षबाट सम्पुर्ण बिद्यालयका किशोरीहरुलाई सेनेटरी प्याड वितरण गर्ने भनेकाले शारदा नगरपालिकाले आफनै बजेट बाट नगरभित्रका सम्पुर्ण ८ कक्षा देखि १२ कक्षा सम्मका बिद्यालयहरुमा अध्ययानरत गर्ने छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले बताए । 
महिनावारी भएको बेलामा सेनेटरी प्याड प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले प्रजन्नअंगमा संक्रमण नहोस, बिद्यालयहरुमा छात्रको संख्या नियमित गराउने उदेश्यले स्वास्थ्यको हिसाले ल्याईएको एउटा महत्वपुर्ण कार्यक्रम भएको उनको भनाई छ । 

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka