सल्यानमा जिप दुर्घटना १९ जना घाइते,३ जनाको अबस्था चिन्ताजनक

सल्यान अनलाइन, जेठ २३, २०७३

सल्यानमा जिप दुर्घटना १९ जना घाइते,३ जनाको अबस्था चिन्ताजनक

सन्तोष जी.एम,सल्यान । सल्यानमा आज जिप दुर्घटना हुंदा १९ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट सल्यानको गर्पा द्धारपानी जांदै गरेको ग १ ज ५५६० नम्बरको जिप रिम ८ खालीमा आज बेलुका ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मध्य गर्पा ७ कि ७१ बर्षिया मैती घर्ती,सोही ठाउंका गाडी मालिक भिम बहदुर राना र एक ९ महिनाको बालिको अबस्था चिन्ताजनक रहेको कपुरकोट प्रहरीले जनाएको छ । घाइते सबैलाइ उपचारका लागि दाङ पठाइएको र गाडी चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी चौ कपुरकोटका इञ्चाज झक बहादुर कंवरले जानकारी दिनु भयो । दुर्घटनाको अबस्था हेर्दा गाडी चालकको लापरबाहीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

अपडेट:
सल्यानमा हिजो भएको जिप दुर्घटनामा परी घाइते भएका १९ जना मध्ये दुइ जनाको ज्यान गएको छ ।  गर्पा,७ सल्यानकी ७१ बर्षिय मैती घर्ती र सोही ठाउंकी ९ महिनाकी बालिका सफल्ता बुढाको उपचारका क्रममा ज्यान गएको हो । 

यो पनि पढनुहोस:
सल्यानमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको मृत्यु १७ जनाको उपचार हुंदै


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka