ब्रह्मकुमारी इश्वरिय विश्व बिध्यालयको भवन शिलन्यास

सल्यान अनलाइन, मंसीर २२, २०७५

ब्रह्मकुमारी इश्वरिय विश्व बिध्यालयको भवन शिलन्यास


शारदा नगर पालिकाका प्रमुख सुरेश अधिकारिको प्रमुख आतिथ्यतामा ब्रह्मकुमारी इश्वरिय विश्व बिध्यालयको भवनको आज खलङ्गामा शिलान्यास गरिएकोछ। खलङ्गा स्थित वयल्डाडा नजिकै भवन निर्माण गरिनेछ।भवन निर्माणका लागि शारदा नगर पालिकाले ९ लाख रुपैया अनुदान दिएकोछ भने वडा नम्वर ३ का वडा अध्यक्ष टोप बहादुर थापा र नेकपा कर्णाली प्रदेश सदस्य धिरेन्द्र श्रेष्ठले ले ६ आना जग्गा उपलव्ध गराउनु भएकोछ।
भौतिक र आध्यात्मिक सोचको उपयुक्त प्रयोग वाट मात्र जीवन फलदायी बन्छ भन्ने मुल दर्शणका साथ विगत ३ वर्ष देखि सल्यानमा सन्चालित विध्यालयको आफनै भवन थियन।आफनै भवन निर्माण पछि समाज रुपान्तरणको अभियान लाई व्यवस्थित रुपमा सन्चालन गर्न सहयोग पुग्ने आशा लिएको सन्चालक हरुले वताएकाछन।
कार्यक्रममा नगर प्रमुख अधिकारिले विकासका लागि शान्ती आवस्यक रहेको भन्दै शान्ती स्थापनाका लागि व्यक्तीतब परिवर्तण गर्न विश्वविध्यालयले सघाउने अपेक्षा राख्नुभयो।हाल देशको अवस्था मतदाता हरुले सोचेको भन्दा फरक रहेको भन्दै उहाले सरकार सन्चालक हरुमा बुद्धि पलाओस भन्ने कामना समेत गर्नुभयो।
औपचारिक कार्यक्रम अघि भवनको शिलान्याश प्रमुख अधिकारी,जिल्ला न्यायाधिश मदन धामी,प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल र गिता दिदिले सयुक्त रुपमा गर्नु भएको थियो।
कार्यक्रममा शानपा २ र३ का अध्यक्ष हरु केशब शिङ्ह श्रेस्ठ,टोप बहादुर थापा,सुरक्षा प्रमुख,कार्यालय प्रमुख हरु, पत्रकार महासङ्घ्का केन्दृय सदस्य टेक राज शाही ,पत्रकार महासङ्घका जिला अध्यक्ष प्रतोक इछुक शर्मा सहित पत्रकार हरु र सर्वशाधारणको उपस्थिती थियो ।
 


प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka