सुत्केरी र जेष्ठ नागरिकलाई एम्बुलेन्स भाडामा २५ प्रतिशत छुट

सल्यान अनलाइन, बैशाख १८, २०७६

सुत्केरी र जेष्ठ नागरिकलाई एम्बुलेन्स भाडामा २५ प्रतिशत छुट


सल्यान छत्रेश्वरी गाउँपालिकाले एम्वुलेस सेवा लिएर अस्पतालमा सुत्केरी हुने आमाहरुका लागि  २५ प्रतिशत छुटमा एम्वुलेन्स सेवा दिने भएको छ । गाउँपालिका द्वारा संचालित सबै एम्बुलेन्स सुत्केरी आमाहरुले प्रयोग गरे छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले  जानकारी दिनुभयो । उहाले भन्नुभयो घरमा हुने सुत्केरी सुन्यमा झार्ने  अभियान प्रोत्साहनका गर्भबति महिलाहरु बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्था सम्म पुग्नको लागि २५ प्रतिशत छुटमा सेवा दिन थालेका हौ  । 
यसैगरि गाउँपालिका क्षेत्र भित्रका (क) बर्गका अपाङ्गता  भयका ब्यक्ती ,७० बर्ष पुगेका जेष्ठ नागरिक र ६० बर्ष पुगेका जेष्ठ दलित नागरिकका लागि जुनसुकै स्वास्थ्य सस्थासम्म पुग्नको लागि एम्बुलेन्समा २५ प्रतिशत छुटको ब्यबस्था गरियको छ।   ख ,ग,र घ बर्गका अपाङ्गता भयका ब्यक्तिहरुको हकमा क्रमस१५,१० र ५ प्रतिशत छुटलागू हुने छ ।
यहाँका भोटेचौर ,झिम्पे र दमाचौरका ३ वटा बर्थिङ सेन्टरमा एम्वुलेन्स रहेका छन् । एम्वुलेन्सको भाडा कच्ची सडकमा प्रतिकिलोमिटर १ सय र पक्की सडकमा ७५ रुपैयाँ भाडादर कायम भएको  गाउँ स्वास्थ्य शाखा प्रमुख अम्मर शर्माले वताउनुभयो ।  
गाउँपालिकाले ३१ लाख ५० हजार रुपैया खर्च गरेर ३ वटा एम्बुलेन्स खरिद गरेको थियो। 
समयमै बिरामीलाई अस्पतालको पहुचमा ल्याउन  एम्वुलेन्स भाडामा सहुलियत दिने निणर्य गरेको गाउपालिका अध्यक्ष सन्तोष के.सीले वताउनुभयो ।  उहाले भन्नुभयो आमा र बच्चाको स्वास्थयको जोखिम क मगर्न स्वास्थ्यमा लगानी गरिरहेका छौ ।
 


प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka