सल्यानमा पर्यटन र उद्योग क्षेत्रमा ८ करोड खर्च गरिने

सल्यान अनलाइन, बैशाख १८, २०७६

सल्यानमा पर्यटन र उद्योग क्षेत्रमा ८ करोड खर्च गरिने

सल्यानमा पर्यटन र उद्योग क्षेत्रको विकासलागि ८ करोड रकम खर्च गरिने भएको छ । कर्णाली प्रदेश उद्योग पर्यटन तथा वन मन्त्रालयले चालु आर्थिक वर्षमा उद्योग पर्यटन क्षेत्र प्रवद्र्धनका ८ करोड १० लाख वरावरको रकम खर्च गर्ने गरी  डिभिजन वन कार्यालय सल्यानलाई अख्तियारी दिएको हो ।
पर्यटकीय क्षेत्रमा पुग्ने सडक पूर्वाधार निर्माणमा धेरै  ५ करोडक ३० लाख रकम खर्च हुने भएको छ । यस्तै हाईटेक नर्सरी निर्माणमा  १ करोड ८० लाख, अदुवा प्रशोधन केन्द्र निर्माण गर्न १ करोड खर्च गरिने डिभिजन वन कार्यालय सल्यानका प्रमुख थीर वहादुर कार्कीले जानकारी दिनुभयो । उहालेभ न्नुभयो  पर्यटकीय स्थल कुपिण्डे ताल नजिकै रहेको  वावियाचौरमा गाउँमा होम स्टे निर्माण गर्न ३५ लाख, शहिद स्मृति प्रतिस्ठानको भवन निर्माण गर्न २५ लाख  खर्च गरिने छ । 
सल्यानका पर्यटकीय स्थलहरु सम्म सडकको पहुच विस्तारलाई ध्यान दिएर सडक पूर्वाधारमा रकम धेरै आएको छ  कार्कीले भन्नुभयो सडकको सहज सञ्जाल विस्तार भए आन्तरिक वाह्य पर्यटक भित्राउन सजिलो हुने छ ।
पयर्टन सडकमा अन्तरग चादनी गुफा सम्को पदमार्गका लागि रु २५ लाख,  फालावाङ्ग दरवार पुग्न सातामुल फालावाङ सडक ६० लाख, साउने पानी जन्तीढुङ्गा पाथीभरे लेक १० लाख, वावियाचौर कुपिण्डेतालमन्दिर ४० लाख, गैरागाउँ खलंगा वरला सडक ४० लाख, मार्के वडगाउँ नयाँवस्ति सडक निर्माणका लागि ४० लाख विनियोजन भएको छ । यस्तै रामवजार काभ्रा ३५ लाख, मार्के मदाना पैयाखर्क हुदै कमलाक्षमी मन्दिर ५० लाख, कर्णाली प्रदेश द्धार कपुरकोटमा गेट निर्माण १० लाख वजेट रहेको छ ।
 छत्रेश्वरी छायानाथ मन्दिर हुदै खैरावाङ्ग सडक २५ लाख, कैचीमोड स्यानीखाल २५ लाख, शिद्धकुमाख पदमार्ग ५० लाख, शिवगुफा कपुरकोट २० लाख, शिद्धगुफा कुमाख पहाड १० लाख,खैरावाङ्ग मन्दिर पार्किङ्ग १५ लाख खर्च गरिने बन डिभिजन कार्यालय सल्यानले जनाएको छ ।
 


प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka