सल्यानमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

सल्यान अनलाइन, आषढ ११, २०७६


सल्यानमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

असार ११, २०७६
सल्यानमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइएको छ । 
समृद्ध राष्ट्र निमार्णका लागि लागु औषध रहित स्वस्थ जीवन भन्ने मुलनाराका साथ खलंगामा बुधकार प्रभातफेरी गरी दिवस मनाइएको हो । 
असार ५ गतेदेखि लागु औषध नियन्त्रणका लागि सचेतना मुलक कार्यक्रम गर्दै आज प्रभातफेरी आयोजना गरी दिवस सम्पन्न गरिएको शसस्त्र प्रहरी बल सल्यानका प्रहरी प्रमुख विमल डाँगीले बताए । 
टुडिखेलबाट सुरु भएको प्रभावफेरी बजार परिक्रमा गरी पुरानो बसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो । 
टुडिखेलबाट सुरुभएको प्रभात फेरि बजार परिक्रमा गरि पुरानो बसपार्कमा पुगि कोण सभामा परिणत भयको थियो । लागु औषधसँग सम्बन्धित ल्लेकाडै र व्यानर बोकेर दिवस मनाइएको थियो । 
कोणसभामा बोल्ने बक्ताहरुले लागु औषध न्यूनिकरण गर्न अभियान थाल्नु पर्नेमा जोड दिएका छन् । लागु औषधले विकराल रुप लिदै गरेको प्रति चिन्ता व्यक्त गर्दै वक्ताहरुले समयमै सबै मिलेर न्युनिकरण तर्फ ध्यान दिनु पर्ने बताए । 
प्रभातफेरिमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,जनप्रतिनिधि ,सरकारी कार्यालयक प्रमुख तथा प्रतिनिधि,स्थानिय लगाएतको सहभागिता रहेको थियो । 




प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka