सल्यानको दमाचौरमा भीरबाट लडेर वृद्धाको मृत्यु

सल्यान अनलाइन, आषढ १३, २०७६

सल्यानको दमाचौरमा भीरबाट लडेर वृद्धाको मृत्यु

असार १३, सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न १ दमाचौर भीरबाट लडेर एक वृद्धाको ज्यान गएको छ । दमाचौर गैरीगाउँकी ७५ वर्षिया भिमी कुमारी भण्डारीको भीरबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय दमाचौरले जानकारी दिएको छ । 
गाउँ नजिकै रहेको खारा भीरबाट घाँस कटेर फर्किने क्रममा चिप्लिएर भण्डारीको ज्यान गएको दमाचौर प्रहरी प्रमुख दौलत सिहं भण्डारीले बताए । बाटो साँघुरो भएका कारण उनको चिप्लिएर मृत्यु भएको भण्डारीको भनाई छ । 
मृत्तक भण्डारीको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको प्रहरीको भनाई छ ।  

 


प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka