भवन उद्घाटन

सल्यान अनलाइन, आषढ २३, २०७६

भवन उद्घाटन

शारदा नगर पालिका वडा नम्बर १२ स्थित शिब माध्यमिक बिध्यालय परिसरमा निर्मित ४ कोठे बिग्यान भवनको आज उद्घाटन गरिएकोछ।शिक्षा मन्त्रालयको १८ लाख रुपैया र नगरको १८ लाख रुपैया गरि कुल ३६ लाख रुपैयाको लागतमा भवन निर्माण भएकोहो।
भवनको निर्माण भए सङ्गै मुलडाडा स्थित माबी का लागि बिग्यान सङ्ग सम्बन्धित पठनपाठनमा सहयोग पुग्ने बिध्यालयले जनाएकोछ।
भवनको उदघाटन गर्दै नगर प्रमुख सुरेश अधिकारिले शिक्षाको बिकास नगरको पहिलो प्राथमिकतामा रहेको भन्दै बिध्यार्थिको भविस्य चम्किलो बनाउन सवै सरोकारवाला लाग्नुपर्ने धारणा राख्नुभयो।रास्ट्र निर्माणका लागि सवै एक ढिक्का हुनुपर्ने भन्दै अधिकारिले शिक्षाको बिकास बिना रास्ट्र निर्माण सम्भव नरहेको स्पस्ट पार्नुभयो।उहाले भ्रस्टाचार निर्मुल गर्नु आफ्नो प्राथमिक लक्ष रहेको भन्दै भ्रस्टाचारी आफ्नो होस या अन्य कुनै त्यसलाइ नछोडिने चेतावनी दिनुभयो।उहाले शिक्षा बिकासका लागि जुनसुकै कदम चाल्न नगर तयार रहेको स्पस्ट पा्दै निर्धक्क भएर पठनपाठनमा लाग्न शिक्षक हरुलाइ अनुरोध गर्नुभयो।
कार्यक्रममा १२ नम्वर अध्यक्ष एवम नगरका प्रवक्ता दिपक हमालले भवन निर्माणमा सहयोग पुर्याएकोमा नगर प्रमुख लाई धन्यवाद दिदै बिध्यालयको भौतिक र शैक्षणिक बिकासमा आफू दिनरात खटी रहेको र अझै खटन तयार रहेको धारणा राख्नुभयो।उहाले वडाको बृहत्तर हितनै आफ्नो हित भएको भन्दै सामाजिक बिकासमा राजनिती नगर्न सवैलाइ अनुरोध गर्नुभयो।
कार्यक्रममा कार्यपालिका सदस्य गोमा पोख्रेलले पनि आफ्नो बिचार राख्नुभएकोथियो।
उद्घाटन कार्यक्रममा भवननिर्माणमा सहयोग गरेको भन्दै स्थानिय बालाराम बुढाथोकी लाई सम्मान गरिएकोथियो।


प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka