दुबै मृगौला पीडित बिकलाई मलेसियाबाट २७ हजार सहयोग

सल्यान अनलाइन, साउन ०५, २०७६

दुबै मृगौला पीडित बिकलाई मलेसियाबाट २७ हजार सहयोग

इन्द्र बुढाथोकी  सल्यान ५ साउन 
सल्यान बन्गाड कुपिण्डे नगरपालिका वडा न ३ बामे पोखरा निवासी ४० वर्षिया मृगौला पीडित बिरबल बिकलार्र्इ मलेसिया बाट २७ हजार १ सय रुपैया सहयोग भएको छ  । बामे ३ का कुमार पुनको नेतृत्वको टोलिले मलेसिया स्थित सुपर फुड व्म्भ् कम्पनीमा काम गर्ने साथीहरूबाट आफुले कमाएको केही पैसा उठाएर पठाएको कुमार पुनले बताएका छन । गाउँघरको समाजसेवी भएको र बिगत जनयुद्ध कालमा समेत दुख गरेका व्यक्तिको आर्थिक अवस्था कमजोर भएकोले आफुहरुले थोरै भए पनि सहयोग गरेको पुनले बताएका छन । 
 ६ महिना देखि दुबै मृगौला पीडित भएका बिक अहिले काठमाडौको टिचिङ्ग हस्पिटलमा उपचार गराइरहेका छन । दुबै मृगौला पीडित बिकले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगको लागि सबैमा याचना गरेका छन । मृगौला पीडित बिक तत्कालीन नेकपा माओवादी वडा न ३ बामे वडा अध्यक्ष समेत रहेका थिए ।  उनी २०५८ साल देखि पुर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर समेत रहेका थिए । पीडित बिकलाइ केही समयमा अगाडि बन्गाड कुपिण्डे नगरपालिका र अन्य व्यक्तिहरुले पनि सहयोग गरेका थिए । 
 सेनामा हुँदा मुख र ढाडमा गोलि समेत लागेको उनले बताएका छन् । बिकका श्रीमति,पार्वती बि।क बनगाड कुपिण्डे नगरपालिका वडा नं। ३ की दलित महिला वडा सदस्य छन । दुई छोरा र दुई छोरी छन् । हाल मजदुरी गरी घरखर्च चलाउँदै आएका उनका दुवै मृगौला फेल भएपछि आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् । सरकारले मृगौला पीडितको डायलोसिस गर्दा शुल्क नलाग्ने भनेपनि आफुले समयमै डायलोसि गर्न नपाएको दुखव्यक्त गरेका छन् । बोल्न, हिड्न र खाना मन नलाग्ने गरेको बताउँदै समयमै उपचार गर्नका लागि सहयोग गरी दिन विभिन्न संघसंस्थाहरुलाई अनुरोध गरेका छन् । बिकले देश विदेशमा रहनुभएका सबैमा सहयोग गरि आफ्नो उपचारमा सहयोग गर्न याचना गरेका छन् । उनले आफ्नी श्रीमती पार्वती कामीको लक्ष्मी बैक सल्लीबजारको खाता न  ०६९२३००९८३० र आफ्नो मोवाईल नंम्बर ९८६४९३५२७० मा सम्पर्क गरी सहयोग गरिदिन आग्रहसमेत गरेका छन् ।


प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka