सल्यानमा अबैध घरेलु मदिरा नष्ट

सल्यान अनलाइन, असोज १२, २०७६


सल्यानमा अबैध घरेलु मदिरा नष्ट

सरिता चलाउने, असोज १२ सल्यान । 
 सल्यान प्रहरीले मुख्य बजारहरुबाट अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्लाको श्रीनगर र खलंगाको मुख्य बजारहरुबाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा, जाँड, रक्सी  र मदिरा बनाउन प्रयोग गरिने औषधी बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
प्रहरीले शुक्रबार र शनिबार फरक फरक दिनमा खलंगा र श्रीनगर बजारहरुहरु बाट अबैध घरेलु मदिरा नष्ट गरेको थियो । 
प्रहरीले बरामद गरिएको २ सय ५० लिटर मदिरा, ९ सय लिटर जाँड र मदिरा बनाउन प्रयोग गरिने ४ किलोग्राम कच्चा पदार्थ औषधि बरामद गरि नष्ट गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । 
उनका अनुसार मदिरा बनाउन प्रयोग गरिएका केही थान भाँडाहरु पनि बरामद गरिएको छ । 
दशैँ तिहार जस्ता ठुलो चाड पर्बमा आएको बेलामा बिभिन्न खाले घटना हुन सक्ने भन्दै अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको उनको भनाई छ  । 
मदिरा सेवन कै कारण समाजमा हिंसा, बलात्कार, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई नियन्त्रण पनि मदिरा नियन्त्रण गरी बरामद गरिएको उनको भनाई छ । 

 




प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka