माछा मार्न गएका वादीको भेरी नदीमा डुवेर मृत्यु

सल्यान अनलाइन, असोज १३, २०७६


 माछा मार्न गएका वादीको भेरी नदीमा डुवेर मृत्यु

इन्द्र बुढाथोकी  असोज १३, सल्यान 
सल्यानमा माछा मार्न गएका एक व्यक्तिको भेरी नदिमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट शिवालय गाउँपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षिय डबले बादी रहेका छन् । 
आइतबार दिउसो घरबाट माछा मार्न गएका वादीलाई भेरी नदिले बगाएको थियो । उनको शव सोमबार बनगाड कुपिन्डे नगरपालिका वडान २ गोरुघाटमा नजिकै फेला परेको मृत्तकका भाई टोप बहादुर बादीले जानकारी दिए । 
जाजरकोटको छेडाघाटबाट डुवेका वादी झन्डै १२ किलोमिटर गोरुघाटमा उनी मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । त्यस क्षेत्रका अधिकांस वादी समुदायले माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका छन् । 

 




प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka