प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई

सल्यान अनलाइन, कार्तिक १७, २०७६


प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई

इन्द्र बुढाथोकी सल्यान 
 बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्रीको आइतबार एक कार्यक्रमका बिच विदाई गरिएको छ । 
  बाँकेको जानकी गाउँपालिकामा सरुवा भएर जानु भएका अधिकृत खत्री ६ महिना अगाडि  बैशाखमा नगरपालिकामा प्रमुख अधिकृत भएर आउनु भएको थियो । ६ महीनाको बस्नु भएका अधिकृत खत्रीलाई राम्रो काम गरेको भन्दै सबैले प्रशंसा समेत गरेका थिए । जनप्रतिनिधि र नगरका कर्मचारीले विदाई गरेका हुन् ।
उहाँले विदाई कार्यक्रममा सवै जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारीलाई आफु रहँदाको वखत राम्रो सहयोगीपुर्ण काम गरेकोमा प्रशसा गर्नु भयो । उहाँले नगरमा रहदाँ समन्वयात्मक र सवैको सल्लाह अनुसार कामकाज सञ्चालन गर्दै आउनुभएको थियो । साथै नगरका पुराना कामकाजले समेत विस्तारै गति लिन थालेका अवस्था मा सरुवा भएर जाँदा पुन  केही समयको लागि नगर काम अर्को प्रमुख प्रसासकिय अधिकृत नआउदा सम्म रोकिने छन । 
विदाई कार्यक्रमको अध्यक्षता मोहन खड्का र सञ्चालन योजना शाखा प्रमुख हरिस तिरुवाले गर्नु भएको थियो ।




प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka