इराकस्थित अमेरिकी सैन्य अखाडामा ६ दिनको अवधिमा तेस्रो पटक हमला

सल्यान अनलाइन, पौष २८, २०७६


इराकस्थित अमेरिकी सैन्य अखाडामा ६ दिनको अवधिमा तेस्रो पटक हमला

 

२८ पुस, काठमाडौं । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल-बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ ।

अल बलाद एयरबेसमा अमेरिकी सेना बसेका थिए । तर इरान र अमेरिकाबीच तनाब बढेपछि यो एयरबेस अमेरिकी सेनाले छाडिसकेका थिए ।

आइतबारको हमलापछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर अमेरिकामा आक्रोश बढेको प्रतिक्रिया दिएका छन् ।

यही जनवरी ९ तारिखमा बगदादको अन्तर्राष्ट्रिय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो । धेरै देशका दूतावास रहेको यो ‘गि्रन जोन’मा दुई ठूला विष्फोट पनि भएका थिए । अमेरिकी अधिकारीहरुले यो आक्रमणमा इरान समर्थित शिया विद्रोही संगठन हासेदको हात रहेको दाबी गरेका छन् ।

त्यसअघि इरानले ७ जनवरीमा इराकमा अमेरिकी सेना बसेका दुई स्थानमा २२ वटा मिसाइल प्रहार गरेको थियो । अनबर प्रान्तका अल-असद र इरबिल एयरबेसमा गरिएका यी आक्रमणबाट ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी इरानले गरे पनि पुष्टि भएको छैन ।

अमेरिकाले ३ जनवरीमा इरानको कुद्स सेना प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाब बढेको छ । सुलेमानी मारिएको बदला लिन इरानले इराकस्थित अमेरिकी सैन्य अखाडामा २२ मिसाइल प्रहार गरेको हो । मिसाइल आक्रमणको भोलिपल्ट इरानले १७६ जना सवार युक्रेनको एक बोइङ विमानलाई खसालेको थियो । यसको विरोधमा इरानी जनता आफ्नै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

पत्र-पत्रिकाबाट

  • भूकम्पले नेपालमा रेमिट्यान्स बढायो

    भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त…

  • टिकट किन्ने पैसा नहुँदा लेबनानमा एक महिला अलपत्र

    कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा…

  • जथाभावी गर्भपतनले ज्यानै धरापमा

    कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा…

  • १५ वर्षभित्र ७ लाख किलोमिटर सडक

    सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार…

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka