सल्यानमा तीज गित प्रतीयोगीता राखिने

सल्यान अनलाइन, साउन २७, २०७३


सल्यानमा तीज गित प्रतीयोगीता राखिने

शँकर के सी, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यान शाखाले जिल्ला स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने तयारि गरेको छ । मौलिक तीजका भाकाको संरक्षण र कुना कन्दरामा रहेका मौलीक भाकालाइ माथी उठाउन भन्दै वेमौषमी तरकारि खेतीका लागी प्रसिद्ध सल्यान कपुरकोटमा प्रतीयोगीता आयोजना गर्ने गरि तयारि अगाडी बढाइएको प्रतिष्ठानले जनाएको छ ।
जसको लागी भोलि विहिबार कपुरकोटमा छलफलको आयोजना गरिएको छ । ‘कपुरकोटमा प्रतीयोगीता आयोजना गर्ने हो की भन्ने सोँच हो तर निर्णय भइसकेको छैन,’ सल्यान शाखाका अध्यक्ष यम थापाले भने– ‘कपुरकोटको ताजा तरकारि खेतीको प्रचारप्रसारको लागी भएपनि प्रतीयोगीता कपुरकोटमै राख्ने तयारिमा छौँ, साथ कपुरकोटवासिको चाहियो ।’
भोलि विहान ११ बजेतीर कपुरकोटमा हुने छलफलमा उपस्थीत भइदिन अध्यक्ष थापाले दोहोरि गित प्रतीष्ठान सल्यानका पदाधीकारि लगाएत सम्पूर्णलाइ अनुरोध पनि गरेका छन् ।
मुलुकको राष्ट्रिय पहिचानलाइ अभिव्यक्त गर्ने लोक संस्कृतीको धरोहरको रुपमा रहेको लोक तथा दोहोरि गितलाइ व्यवस्थीत एवम् मर्यादित बनाउने उद्देश्यले स्थापना भएको दोहोरि गित प्रतीष्ठानले सथानीय प्रतीभालाइ प्रवद्र्धन गर्न भन्दै तीज गित प्रतीयोगीता राख्न लागेको सचिव शँकर के सीले जनाए ।




प्रतिक्रया दिनुहोस:

साहित्य

  • दिवाकरको सरलता र पासाङका सपनाहरु


    मनऋषि धिताल
    थवाङ÷ यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग…

  • बा

    गोविन्द रिजाल ।

    हिजो बा,

    फुरङ्ग हुनु भा थियो 

    छोरा जन्मिएकोमा 

    भुईमै खुट्टा थिएन बा को

    बधाई थाप्नुको चटारो

    सुत्केरीको स्याहार सुसार

    छैठी न्वारान…

  • सुन्तला गाउँको सौन्दर्य

    - प्रतीक इच्छुक शर्मा  (डायरी)

    दक्षिण पश्चिम फर्किएको पाखो । पाखाभरि सुन्तलाको बगान । बगानभित्र चिटिक्क परेका परम्परागत ढुङ्गे घरहरु । घरका झ्याल, छाना र आँगन…

  • उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    जेठ ७, सल्यान । 
    विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक…

ब्लग

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka