विवाद संगै चर्चाको सिखरमा ध्रुर्व कमेडि 

सल्यान अनलाइन, साउन ३१, २०७३


विवाद संगै चर्चाको सिखरमा ध्रुर्व कमेडि 

सल्यान अनलाईन, हाँस्यरसको म्युजिक भिडियोहरुमा अनिवार्य नाम हो ध्रुव कमेडि । रुकुम जिल्ला स्यालापाखा गा.वि.स वडा नं ५ मा माता देवी पुन र पिता केशर सिङ  पुनको कोखबाट बि.सं २०५० सालमा जन्मिएका ध्रुव कमेडि  हाल दाङ जिल्ला तुलसिपुर नगरपालिका मा बसोबास गर्दे आएका कमेडि अहिले विवाद संगै  चर्चाको सिखर मा छन् । भन्छन् यो सब गायिका तथा मोडल ज्योति मगर र गायक तिलक वलि र गाम बेसि म्युजिक प्रा.लिका गायक कर्म मुस्कानको कमाल हो । त्यसो त सानै देखि अभिनयमा बिलक्षण प्रतिभाका धनि कमेडि गाउघरमा हुने नाचगानमा ३ रात ३ दिन सम्म नसुतेर नाच्ने र हसाँउने गरेको कमेडिका माता देविले स्मरण गर्दे यस पंतिकारलाई बताउनुभयो। के छ भन्दा म लाई गर्व छ मेरो छोरा मा भन्नु हुन्छ देवि । औपचारिकरुपमा अभिनय को कुनै तालिम नलिएका कमेडि आज नेपालि साँगितिक आकासमा एक चम्किलो र अनिवार्य नाम भैसकेको छ । २०६९ सालमा पहिलो लोकदाहोरी गीतमा  विन्ति घृणा नगर बाट अभिनय तथा मोडलिङ्ग  यात्रासुरुगरेका कमेडि आफुलाई पहिलो ब्रेक दिने संचारकर्मी तथा गायक सुवाश परियारलाई सम्मान व्यक्त गर्दे सम्झन्छन् । त्यो नै उनको जिवनको पहिलो म्युजिक भिडियोको यात्रा । 


२०६९ सालबाट अनवरतरुपमा नेपाली साँगितिक आकासमा छाएका कमेडि ले त्यसपछि लेख बाट मै झरुला, चरि नाच्यो रानि बनैमा, यो केटाको व्यथा, तिजको बेला म संग नाच नाच झिल्के, धमाकेदार डान्स, खानि मुखलाई छेक्दैन दाह्रि र जुँगाले, ज्योति मगर संग चर्चित गायक तिलक वलिकोहिट गित  पुस माघको जाडोमा सिरक तानातान, दाँतै छैन सासु, हाड नभाको जिब्रो, तातो लाग्यो घाम, बाँङ्गो पुच्छर बाँङ्गै, मुलको चिसो पानि, सुन खोज्ने बुढि लाई तावा झुर्याई दिन्छु र क्वाप्पै मुखमा हाल्छु म केरा काटेर घुँडा देखियो जामा फाटेर सम्म आईपुग्दा चर्चा, विवाद र करियरको उत्कर्षमा छन् कमेडि । 
ज्योति मगर संग खेलेका म्युजिक भिडियोहरु सिरक तानातान र केरा काटेर ले उनलाई हिट र चल्तिको मोडलको रुपमा थापित गरिसकेको अनुभव छ कमेडि संग । 
ज्योति मगर संग खेलेको केरा काटेर एक दिनमै ५ लाख भ्युअर्स यु ट्युवमा पुगेको पल र त्यसपछि सो भिडियोमा बिम्बाङ्कन गरेको केहि दृष्यहरु विवादमा परेपछि ज्योति मगर र कमेडिको चर्चा एक्कासी चुलियो । अहिले सो गितमा राखिएका केहि दृष्यहरु हटाएपछि पुन बजारमा आएको छ । 
हाल सम्म सयौं स्टेजहरुमा आफ्नो पर्फमेन्स दिएका कमेडि स्टेजमा पनि उत्तिकै सफल मानिन्छने । हाल दाङ जिल्लालाई आधारमानेर संचालन गरिएको मध्यपस्चिमकै सर्वाधिक धनरासिको चर्चित नृत्य बिद्याको महासंग्राम डान्स आईकन दाङ को  डि टेन ईन्टरटेन्मेन्टका डाईरेक्टर दिपक वलि संगै को होस्टको रुपमा सर्वाधिक सफल रहेका कमेडिको भविष्य स्टेजमा पनि उज्जवल रहेको डिटेन ईन्टरटेन्मेन्टका कायृकारी निर्देशक तथा डान्स आईकन दाङ का संयोजक बिष्णुकुमार देवकोटा बताउनुहुन्छ । ऊ एक वहुप्रतिभासालि व्यक्ति हो चाुनौतिलाई सहजरुपमा सामना गर्नसक्ने अद्भुत क्षमता उसमा छ , देवकोटाको थप कथन  छ । 
हाल काठमाण्डौमा व्यस्त कमेडि को करियर उत्थानमा गाम बेसि म्युजिक प्रा.लिका संचालक गायक कर्म मुस्कान र चर्चित गायक तिलक वलि को मुख्य हात रहेको बताउनुहुन्छ ।




प्रतिक्रया दिनुहोस:

साहित्य

  • दिवाकरको सरलता र पासाङका सपनाहरु


    मनऋषि धिताल
    थवाङ÷ यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग…

  • बा

    गोविन्द रिजाल ।

    हिजो बा,

    फुरङ्ग हुनु भा थियो 

    छोरा जन्मिएकोमा 

    भुईमै खुट्टा थिएन बा को

    बधाई थाप्नुको चटारो

    सुत्केरीको स्याहार सुसार

    छैठी न्वारान…

  • सुन्तला गाउँको सौन्दर्य

    - प्रतीक इच्छुक शर्मा  (डायरी)

    दक्षिण पश्चिम फर्किएको पाखो । पाखाभरि सुन्तलाको बगान । बगानभित्र चिटिक्क परेका परम्परागत ढुङ्गे घरहरु । घरका झ्याल, छाना र आँगन…

  • उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    जेठ ७, सल्यान । 
    विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक…

ब्लग

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka