सञ्चारमाध्यामको रचनात्मक सहयोग आवश्यक छ ः मन्त्री केसी

सल्यान अनलाइन, कार्तिक ०९, २०७६


 सञ्चारमाध्यामको रचनात्मक सहयोग आवश्यक छ ः मन्त्री केसी

कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि मन्त्री विमला केसीले जनताको जीवन स्तर उकास्न र सुशासन कायमका लागि सञ्चार माध्यामले रचनात्मक भूमिका खेल्नु पर्ने वताउनु भएको छ ।  उहाले नयाँ  संविधान कार्यान्वय संगै तिन तहका सरकार विकास निर्माणमा केन्द्रीत भएका छन् । यी सरकारले गर्ने कामलाई प्रत्रकारिताका माध्याम सकारात्मक भए विस्तार र गलत भए रचनात्मक रुपमा विषय उठान गर्नु पर्दछ ।
दिपावलीको शुभकामना आदानप्रदान गर्न नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको दिगो विकासमा संचारमाध्यामको भुमिका विषय अन्तरक्रियालाई सम्वोधन गदर््े मन्त्री केसीले  औद्योगिकरणमा नजाने हो भने समाजवादको लक्ष्य पुरा नहुने भन्दै सबैले यसैमा ध्यान दिनुपर्ने र सरकारले पनि यसमा ध्यान दिएको समेत वताउनुभयो । उहाले भन्नुभयो संविधानले समाजवादको कल्पना गरेको छ । त्यो प्राप्त गर्न गरिवी भोकमरी लगायतका दिगो विकास लक्ष्य पुरा गर्नु पर्ने हुन्छ । 
पत्रकार र पत्रकारिताका माध्यामवाट सरकारले दिगो विकास लक्ष्यमा पुग्ने गरी गरेका कामको प्रचार र खवरदारी गर्नु पर्दछ कर्णाली प्रदेश सरकार प्रवक्ता समेत रहनु भएकी केसीले भन्नुभयो आम सञ्चार माध्यामले सहिलाई सहि र गलतलाई गतल भन्न सक्नु पर्दछ ।  
कार्यक्रममा कर्णालीका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले संचारकर्मी नकारात्मक कुराको उठान गरेपनि समाजलाई सहि दिशामा डोराउने खालको हुनुपर्ने वताउनुभयो । उहाले भन्नुभयो पत्रकारले गुनगानमात्रै हैन आलोचना गर्न पनि जान्नुपर्ने पर्दछ । लाभप्राप्त हुने आशामा गलतको ढाकछोप पत्रकारले गरेमा समाज विग्रन्छ ।
कार्यक्रमलाई जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्ट,शारदा नगरपालिका उपप्रमुख सावित्रा वस्नेत, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य टेकराज शाही,प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो । जिल्ला कोषाध्यक्ष योगराज विकको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रम जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षता र संचालन शिव डाँगीले गरेका थिए ।
यसै विच भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारका तर्फवाट अनुदान प्राप्त विभिन्न कृषि  र पशुपालन फर्मको समेत अवलोकन गर्नुभएको छ । शितलपाटीमा रहेको ब्यवसायिक भैसीपालन फर्म, स्यालेघारीमा रहेको कृषि, भैसी र्फम, वरलामा रहेको माछापालन, लान्तीमा रहेका च्याउ खेतिको समेत अनुगमन गर्नु भएको छ । कृषकहरुसंगको भेटघाटमा मन्त्री केसीले  कृषिक्षेत्रको विकास गरेर मात्र देशमा आर्थिक विकास संभव हुने जनताको जीवन स्तरमा सुधार आउने वताउनुभयो ।
ग्रामिण वचत 
सहकारीले संकलन गरेको पुँजी उत्पादशिल क्षेत्रमा लगानी गर्नु पर्ने  भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले वताउनुभएको छ । सल्यान खलंगामा रहेको ग्रामिण वचत ऋण सहकारी संस्थाको अनुगमन पश्चात आयोजीत कार्यक्रममा वोल्दै मन्त्री केसी वचत तथा ऋण सहकारीले पनि उत्पादनशिल क्षेत्र कृषि उद्यम जस्ता क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिनुभयो । उहाले भन्नुभयो उत्पादनक्षेत्रमा लगानी नवढाए सम्म  आर्थिक क्रियाकलाप वढ्न सक्दैन । सहकारीमा संकलीतपुजीलाई उत्पादन शिल क्षेत्रमा लगानी गरौ ।
सहकारीका संस्थापक केशव सिह श्रेष्ठले  राष्टिय र अन्तराष्टिय मापदण्ड पुरागरेर ग्रामिण वचत ऋण सहकारी संस्था अघि वढिरेको  वताउनुभयो । 
कार्यक्रममा ग्रामिण वचत तथा ऋण सहकारी संस्था का अध्यक्ष धिरेन्द्र शाक्यलगायतले संस्थाले गरेका गतीविधी जानकारी दिनुभएको थियो ।




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka