पढाई र अतिरिक्त क्रियाकलाप सँगसँगै

सल्यान अनलाइन, पौष २७, २०७६


पढाई र अतिरिक्त क्रियाकलाप सँगसँगै

पुस २७, सल्यान 
पहिले पहिले शुक्रबार हाफ छुट्टी हुने बित्तिकै विद्यार्थी गरुर्र कुदेर घरतिर लाग्थे । खाली समयमा शिक्षकले विद्यार्थीलाई पानी बोकाउने, कक्षा कोठा लिप्न लगाउँथे । 
बढीमा हाजिरीजवाफ, लोकनृत्य गराउने चलन थियो । यसैलाई त्यतिखेर अतिरिक्त क्रियाकलाप मानिन्थ्यो । तर हिजोआज जिल्लाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त क्रियाकलापको शैली बदलिएको छ । पहिले विद्यार्थीहरुको क्रियाकलापहरु शिक्षकहरुले गराउथे ती क्रियाकलाप नाम मात्रका हुने गर्दथे । अहिले शिक्षकहरुको सहयोग लिएर अतिरिक्त क्रियाकलाप विद्यार्थी आफैले गर्दछन् । 
सिद्ध कुमाख गाउँपालिका ३ मा पर्ने निराजन माध्यमिक विद्यालयमा ५ सय विद्यार्थी रहेका छन् । यी विद्यार्थीलाई पाँच वर्गमा विभाजन गरिएको छ । रातो, निलो, सेतो, हरियो र पहेलो रङका आधारमा समूह विभाजन गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्ती मगरले जानकारी दिए । 
हामीले पाँच वर्गमा विद्यार्थीलाई समूह बनाएपछि कुनै पनि अतिरिक्त क्रियाकलाप गर्न विद्यार्थी खोजिरहनै पर्दैन । प्रधानाध्यापक घर्तीले भने उनीहरु बिच त्यस्ता क्रियाकलाप गर्ने प्रतिस्पर्धा नै चल्छ । प्राय खेलकुद, साहित्य, मनोरञ्जन, सरसफाई जस्ता काममा प्रत्येक शुक्रबार विद्यार्थीहरु संलग्न भई रहने उनले बताए । विद्यालयमा अतिरिक्त क्रियाकलाप गरेसँगै विद्यालयको पढाई समयावधिका पुरा समय बस्ने भएकाले सिकार्य उपलब्धि बढेको उनको भनाई छ । अतिरिक्त क्रियाकलापले बालबालिको पढाइमा सकारात्मक परिवर्तन आएको उनको अनुभव छ । उनले भने आफुहरुको विद्यालयमा विद्यार्थी आर्कषित हुनुको कारण मध्ये अतिरिक्त  क्रियाकलाप पनि एक हो । अहिले विद्यार्थीलाई पर्ढार मात्र दक्ष बनाउन नसकिने बताउदै घर्तीले उनीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि दक्ष बनाउन सकियो भने योग्य नागरिकका रुपमा रुपान्तरण गर्न सकिने बताए । 

श्री शिवजन माध्यमिक विद्यालय शितलपार्टीमा पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन विद्यार्थीहरु आफै जागरुक हुने गरेका छन् । पहिले अतिरिक्त क्रियाकलापमा सहभागि हुनुपर्छ भनेर भाग्ने विद्यार्थीहरु अहिले आफै आयोजना गर्ने गरेको शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए ।


 प्रत्येक साता कुनै न कुनै कार्यक्रम भई रहेको हुन्छ उनले बताए । उनले भने किताबी ज्ञानभन्दा बाहिरी ज्ञान प्राप्त गर्ने खालका क्रियाकलापहरुमा विद्यार्थी संलग्न हुन रुचाउछँन । विद्यालयले  नै शैक्षिक क्यालेन्डर बनाएर क्यालेन्डर अनुसार अतिरिक्त क्रियाकलाप भई रहेको उनको भनाई छ । 
पाठ्पुस्तकको ज्ञान भन्दा अतिरिक्त क्रियाकलापबाट आफुलाई सिक्न र सक्रिय हुन मद्यत मिलेको  विद्यार्थीहरुको भनाई छ । 

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka