सल्यानमा डढेलो प्रमुख चुनौती

सल्यान अनलाइन, पौष २८, २०७६


सल्यानमा डढेलो प्रमुख चुनौती

पुस २८, सल्यान । सल्यानमा गर्मीयाममा फैलिने डढेलो प्रमुख चुनौती रहेको पाइएको छ । सामुदायिक वनमा लाग्ने डढेलोमा सल्यान नेपालकै दोस्रो स्थानमा रहेको छ । विपद् जोखिम न्यूनिकरण समितिको आजको वैठक्मा चुनौतीको रुपमा रहेको डढेलो नियन्त्रण गर्न सबै पक्ष सहमत देखिएका छन् । 
आज बसेको बैठ्कले आगामी दिन डढेलोका घटना पुनः नदोहरिन दिन जिल्लाका सम्पूर्ण वन जंगलमा जम्मा हुन आएको सल्लाको कुसुम र पातपतिंगर सबै वडाका वडा अध्यक्षको नेतृत्वमा, सुरक्षाकर्मी, राजनीतिक दल, नागरिक समाज, स्थानीय बासिन्दा, पत्रकार, शिक्षक,  विद्यार्थी लगायतको सहभागितामा संकलन अभियान जिल्लाभर सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै डढेलो नियन्त्रण गर्न आवश्यक औजारहरु सम्बन्धित पालिका र वन उपभोक्ता समितिले व्यवस्था गर्ने निर्णय गरेको छ । 
यस्तै भुकम्प सुरक्षा दिवस प्रत्येक स्थानीय तहले मावि र निमाविमा यही पुसा अन्तिम र माघ महिना भित्र कम्तिमा एक एक पटक भुकम्पिय सुररक्षा सम्बन्धी अन्तरक्रिया गर्नुका सार्थै सञ्चार माध्ययमबाट यस विषयमा चेतनामुलक सामाग्री प्रचार गर्ने, माघ २ गते सल्यान खलंगामा प्रभातफेरी गर्ने निर्णय गरेको छ । 

सडकमा बनेका अनाधिकृत संरचनाहरु तथा सडक किनारमा राखिएका निमार्ण सामाग्रीहरु तत्काल हटाउन सरोकारवाला निकाय, संघसंस्था, नागरिक समाज , राजनीनिक दलको सहभागितामा  जिल्लाभर अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिनु भयो । 

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka