विद्यालयमा गुनासो सुनुवाई संयन्त्र  छैन 

सल्यान अनलाइन, फाल्गुन ३०, २०७६


विद्यालयमा गुनासो सुनुवाई संयन्त्र  छैन 

सल्यान, फागुन ३० गते । यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीका सुझाव र गुनासो सुन्ने संयन्त्र नभएको पाइएको छ ।  अधिकासं विद्यालयमा  सुझाव वा गुनासो सुनुवाईका लागि सुझाव वा गुनासो पेटिका समेत राखिएको छैन ।  न्यून संख्यामा केही माध्यामिक विद्यालयले  सुझाव पेटिका राखेको भएपनि त्यसको प्रयोग नभएको व ताएका छन् । वनगाड कुपिण्डे नगरपालिका ३ मुक्ती माध्यामिक विद्यालय वामेका प्रधानध्यापक  नोखवहादुर विएमले विद्यालयमा अहिले स म्म  सुझाव वा गुनासो सुन्न पेटिका नराखिएको  वताउनुभयो । उहाले भन्नुभयो  राख्नु त पर्ने हो । तर अहिले सम्म राख्न सकिएको छैन ।
शारदा माध्यामिक विद्यालय छत्रेश्वरी गाउँपालिका ६ शंखमुलका प्रधानध्यापक शिव रेग्मीले शैक्षिक सुधारका लागि विद्यार्थी, अभिभावक लगायतका सुझाव लिनु पर्ने भएपनि कुनै संयन्त्र निर्माण गर्न नसकिएको वताउनुभयो । उहाले भन्नुभयो  गुनासो सुनुवाई पेटिका पनि सवैभन्दा सजिलो माध्याम हुन सक्थ्यो  । राखिएको छैन आउदा शैक्षिक सत्रदेखि राख्नुपर्ला ।
यी त  प्रतिनीधि माध्यामिक विद्यालय हुन । यहाँका अधिकासं विद्यालयमा सुझाव वा गुनासो सुन्ने प्रत्यक्ष वा अप्रत्यक्ष संयन्त्र निर्माण गरिएको छैन । यहाँका  केही माध्यामिक विद्यालयले गुनासो सुनुवाई पेटिका राखेको भएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको वताएका छन् । 
कपुरकोट गाउँपालिका किमुचौरमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय प्रधानध्यापक सिटीसाप विष्ठले सुझाव पेटिका नराखे पनि कक्षामा विद्यार्थीवाट चयन गरिएको कक्षा संयोजक, ईञ्चार्ज वाट लिखित भन्दा मौखिक गुनासो सुन्ने गरेको व ताउनुभयो । उहाले भन्नुभयो प्राप्त सुझाव गुनासो कसरी समाधान गर्ने त्यसवारे आवश्यक निणर्य लिने गरिएको छ ।
शिद्धकुमाख गाउँपालिका ३ ढोडचौरमा रहेको निराजन माध्याममिक विद्यालयका प्रधानध्यापक धर्मराज घर्तिमगरले शैक्षिक सिकाई सुधारका लागि हरेक दिन विद्यार्थीवाट प्रतिवेदन तयार गर्ने गरेको छ । विद्यार्थी दैनिक प्रतिवेदन तयार गरी विहानको प्रार्थना र वेलुकाको पिटीमा त्यसको वारेमा जानकारी गराउने गरेको वताउनुभयो । उहाले भन्नुभयो हामी दैनिक विद्यार्थीवाट लिखित नै सुझाव लिने गरेका छौ । प्रतिवेदनमा आएका विषय कसरी सम्वोधन गर्ने  छलफल गछौ ।
 शारदा नगरपालिका १ शितलपाटीमा रहेको शिवजन माध्यामिक विद्यालयका प्रधानध्यापक हिरालाल नेपालीले विद्यालयमा सुझाव पेटिका राखिएको ले मासिक दश वटा जती सुझाव भन्दा गुनासो आउने गरेको वताउनुभयो । उहाले भन्नुभयो  वर्ष भरी १ सय वटा जती विभिन्न विषयमा कमेन्टउजुरी परेका छन् । शिक्षक नियमित नहुने,कोर्ष पुरा नहुने, गृहकार्य चेक नगर्ने लगायतका विषय आउने गरेका छन् । विषयगत गुनासो भए शिक्षक स्टाफमै छलफल गरेर टुगो लगाउने  र  प्रशासनिक भए विद्यालय ब्यवस्थापन समितिमा लिएर छलफल गरेर सुधार्ने प्रयास गछौ ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कपुरकोटका शिक्षक तथा पूर्व स्रोत ब्यक्ति दामोदर शर्माले  शैक्षिक सुधारलागि सुझाव वा गुनासो सुनुवाई आवश्यक हो । तर आएका सुझाव वा गुनासा सवै  िवद्यालयले मात्र समाधान गर्न  नसक्ने भएकाले आवश्यक संयन्त्रण निर्माण गर्नु पर्ने  वताउनुभयो ।  उहाले  भन्नुभयो  कसले सुझाव र गुनासो समाधान गर्ने कुनै संयन्त्रण छैन । 
दार्मागाउँपालिका ३ फारुला चौरमा रहेको श्री जनज्योती माध्यामि विद्यालयमा  गुनासो सुनुवाईका लागि संकलन पेटिका राखिएको  छ । एक गैर सरकारी संस्थाको सहयोगमा  राखिएको सुनुवाई पेटिका वारेमा विद्यार्थीहरु अनविज्ञ रहेका छन् ।  कक्षा १०मा अध्यनरत झिमवहादुर  केसीले सुझाव पेटिका किन र  केका लागि राखिएको आफुलाई जानकारी नभएको वताउनुभयो । उ हाले भ न्नुभयो  मलाई थाहा छैन ।
केसी जस्तै यहाका धेरै विद्यार्थीलाई सुझाव पेटिका वारे जानकारी नभएको पाईएको छ । कक्षा १० कै छात्रा विद्या शर्माले  मौखिक रुपमै राखिएका समस्या त समाधान भएका छैनन । पेटिकामा राखेका झन के समस्या होलान । पेटिका वारे थाहा छैन ।

शारदा नगरपालिका निमित्त प्रमुख प्रसासकीय अधिकृत लिलाधर वपालले  गुनासो सुनुवाई पेटिका सवैले विद्यालयमा राख्नु पर्ने भएपनि यहाँ राखिएको पाईएको छैन । केही विद्यालयले गुनासो समिति समेत वनाएको पाईएको वताउनुभयो । उहाले भन्नुभयो  आगामी वर्ष यसलाई प्रभावकारी कार्यान्वयनका लागि  पहल गरिने छ ।
दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसीले  विद्यालयमा सुझाव वा गुनासो पेटिकालाई अनिवार्य गर्ने  तयारी गरेको  वताउनुभयो । उहाले भन्नुभयो अहिले सम्म  कार्यान्वयन भएको छैन । आउदो शैक्षिक सत्रवाट यसलाई अनिवार्य गरिने छ ।  विद्यार्थीले विद्यालय पनि सुझाव राख्न सक्नेछन् । त्यहा समाधान भए ठिकै  छ ।  विद्यालय ब्यवस्थापन समिति, हुदै गाउँशिक्षा  शाखा सम्म समस्या आईपुग्ने सयन्त्र तयार गरिने छ ।
जिल्ला शिक्षा समन्वय एकाई सल्यानका प्रमुख लाल वहादुर घर्तिले सल्यानमा  सामुदायिक  ४ सय ५५ र संस्थागत  ४४ वटा रहेका विद्यालय रहेको वताउनुभयो । उहाका सामुदायिक तर्फ आधारभूत  १ —८ कक्षा संचालन भएका ८४ वटा, प्रावि २ सय ९५ ,  मावि  ७४, संस्थागत  १— ५  ३५ वटा ,  १ —८  कक्षा सञ्चालन भएका  ५ वटा र   माध्यामि ८ वटा  विद्यालय रहेका छन् । यस्तै जिल्लामा ७ वटा क्याम्पस रहेका छन ।
 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka