भवन शिलन्यास

सल्यान अनलाइन, फाल्गुन ३०, २०७६


भवन शिलन्यास

सल्यान न्यून स्टार यूथ कल्व को भवनको शिलन्यास गरिएको छ । शारदा नगरपालिका १५ स्यालेघारीमा भवनको वडा अध्यक्ष हिमेन्द्रवावु सेजवालले गर्नु भएको हो । 
भवन निमार्णका लागी  प्रतिनिधि सभा सदस्य  टेक बहादुर बस्नेतले आर्थीक वर्ष ०७४र०७५ मा संसदीय विकास कोषबाट  क्लवलाई एक लाख रुपैयाँ र १५ नम्वर वडा कार्यालयवाट  एक लाख पचास हजार रूपैया सहयोग  विनियोजन गरिएको अध्यक्ष रणवहादुर वुढाले जानकारी वताउनुभयो । उहाले क्लबको भवन निर्माण कार्यमा सहयोग गर्ने वडा अध्यक्ष सेजवाल प्रतिनिधि सभा सदस्य माननिय टेक बहादुर बस्नेत लगाएत सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्नु भयो ।




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka