सल्यानका २३ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाईदै

सल्यान अनलाइन, चैत्र ०३, २०७६


सल्यान, चैत ३ गते ।  सल्यानका २३ हजार बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइने भएको  छ । यहि चैत्र ८ गते देखि २८ गते सम्म जिल्लाका २३ हजार २९ जनाबालबालीकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइने भएको हो । 
पहिलो चरणमा शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, कालीमाटी गाउँपालिका, कपुरकोट गाउँपालीका, त्रिबेणी गाउँपालीका र छत्रेश्वरी गाउँपालिकामा दादुरा रुबेला बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय सल्यानका खोप अधिकृत दशरथ श्रेष्ठले वताउनुभयो । उहाका अनुसार  अनुसार दोस्रो चरणमा दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, बागचौर नगरपालिका, सिद्ध कुमाख गाउँपालिकामा सञ्चालन गरिने छ  ।
देशभर हाल सञ्चालन भइरहेको खोप अभियानलाई सफल बनाउन जिल्लाका सरोकारवाला , जनप्रतिनिधि, आम संचार माध्यामको समन्वयमा समिती गठन गरिएको छ ।
स्वास्थ्य शाखाले सोमबार सल्यानको खलंगामा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्यव समिति सल्यानका प्रमुख केश बहादुर बिष्ट, उपप्रमुख हरी प्रकाश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी शिबराम पोख्ररेल लगायतले दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, सम्पुर्ण बिद्यालय ,संचारकर्मी, प्रहरी समुदाय लगायत सबैको सहयोग जरुरी रहेको वताउनुभयो ।
कुनै  पहुँचबाट टाढा रहेका बस्तीका बालबालिका नछुटुन् भन्ने तर्फ चासो राख्नु पर्ने सहभागिको जोड रहेको छ  ।  अभियानमा दादुर—रुवेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरि सबैलाई पूर्ण खोप लगाउन अभिप्रेरित गरिने सरोकारवालाहरुको भनाई थियो ।
खोप अधिकृत दशरथ श्रेष्ठले महिला स्वास्थ्य स्वयम्सेविका तथा स्वयम सेवक मार्फत ९ महिनादेखि ५ बर्षका बालबालिका भएको घर घरमा गई निम्तो कार्ड बितरण गरिने छ । । ‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरणको काम गरिने छ । सन २०२३ सम्म दादुरा रुवेला नियन्त्रण गर्ने सरकारको उद्देश्य अनुसार दादुरा रुवेला विशेष खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । 
जन्मेको ९ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने दादुरा रुबेला बिरुद्धको खोप लगाइने छ ।
 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka